काठमाडौं उपत्यकाभित्र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपरे नि:शुल्क सेवा दिने घोषणा वायुसेवा सञ्चालक संघले गरेको छ। शनिबार संघका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्।
Advertisement
गृह मन्त्रालयले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरेको थियाे। त्यस अनुसार कम्पनीहरूले हेलिकप्टरलाई तयारी अवस्थामा राखिसकेको पनि संघले जनाएको छ।