काठमाडौँ । आगामी असोज १७ देखि २० गतेसम्म रातीको यात्रा नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले अनुरोध गरेको छ ।
Advertisement
असोज महिनामा मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै बिभागले सचेत रहन अनुरोध गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिवार र आइतबार मुलुकको अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको तथा पहिरो र बाढीको उच्च जोखिम रहने जनाएको छ ।