भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सबै सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
Advertisement
विभागले शुक्रबार प्रकाशित सूचना अनुसार,भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएपछि प्रणालीमा समस्या आएको हो ।
यसकारण सर्वर मर्मत कार्य जारी रहेकाले अर्को सूचना नभएसम्म यी सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ ।