स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारा सहित रुकुम पश्चिमको आठबिसकोट ४ स्थित बगेनाहमा भोली देखि फुटवल टुर्नामेन्ट हुने भएको छ । विगतका वर्षहरुमा पनी दशैँको अवसर पारेर हुने प्रतियोगिता यस वर्ष पनि हुने भएको हो ।
Advertisement
भोलि देखि बगेनाहमा सुरु हुने फुटवल प्रतियोगीतामा बिभिन्न समुहहरुले भाग लिने आयोजक समितिले जनाएको छ । फुटवल प्रतियोगितामा सहभागी हुने समुहले दर्ता शुल्क ६ हजार रुपैयाँ लाग्ने छ । भने टुर्नामेन्ट बिजेता समुहले ५५ हजार पाँच सय सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्न सकिने छ ।

त्यस्तै प्रतियोगीतामा दोस्रो अर्थात उपबिजेताले ३५ हजार पाँच सय रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष मोहन सिङ ठकुरीले बताए । बगेनाहमा सञ्चालन हुने यो प्रतियोगिता को ८ औँ संस्करण हो ।