नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिक हिजो खसेको ठूलो पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ ।
Advertisement
तर पहिरो ठूलो भएकाले सडक आज पूर्ण रूपमा खुल्ने सम्भावना छैन । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार निरन्तर काम भएमा भोलि दिउँसोसम्म सडक खुल्न सक्ने सम्भावना छ ।