रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ निवासी ४७ वर्षीया बविता परियार करिब दुई महिनादेखि गम्भीर रोग जापानीज इन्सेफ्लाइटिस (Japanese Encephalitis) बाट पीडित भएकी छन्। २०७९ साउन २८ गतेदेखि बिरामी परेकी परियारलाई हालसम्म पनि स्वास्थ्यमा सुधार आएको छैन। अहिले उनी नेपालगन्जस्थित बिगाहा अस्पतालको आईसीयू मा उपचाररत छन्।
परिवारका अनुसार उपचार सुरु भएदेखि अहिलेसम्म करिब रु. १० देखि १३ लाख खर्च भइसकेको छ। अझै पनि अस्पतालमा करिब रु. ७ लाख तिर्न बाँकी रहेको छ। कमजोर आर्थिक अवस्था भएका कारण परिवारलाई थप उपचार खर्च जुटाउन गाह्रो भइरहेको परिवारले जनाएको छ ।
बविता परियारको जीवनरक्षाका लागि थप उपचार अत्यावश्यक भएकाले परिवारले सबैलाई आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गरेका छन्। सहयोग गर्न इच्छुक ले सिधै अस्पताल वा परिवारसँग सम्पर्क गरी हातेमालो गर्न सकिने अपिल गरिएको छ।आर्थिक सहयाेगकाे लागि बिरामीकै कुरुवा रमेश परियारकाे ई सेवामा सहयाेग गरिदिनुहुन अनुरोध गरिएको छ ।
सहयोगका लागि इसेवा स्क्यान गर्नुहोस!
