संसदभवनको पश्चिमतर्फ अर्थात् पानी ट्याङ्कीनेर रहेको राष्ट्रिय वाणिज्य बैंकबाट नगद ५ करोड र १८ किलो सुन चोरी भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका दौरानमा सो बैंकबाट लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले खुलासा गरेका हुन् ।
Advertisement
गभर्नर पौडेलले एक पोडकास्टमा दिएको अन्तर्वार्तामा भने, ‘संसद् भवनको बाणिज्य बैंक शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको छ ।’ पोडकास्टमा वाणिज्य बैंकमा ‘सिरियस’ लुटपाट भएको भन्दै उनले दुःख व्यक्त गरे ।
जेनजी प्रदर्शन साम्य भएपछि गभर्नर पौडेलले भदौ २६ गते संसद् भवनस्थित बाणिज्य बैंकको अनुगमन गरेका थिए । हालसम्म, बैंकले चोरीबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक गरेको छैन । यद्यपि, गभर्नर पौडेलले वाणिज्य बैंक लुटपाटको तथ्याङ्क खुलासा गरेका छन् ।