काठमाडौं । जेनजी आन्दोलका वास्तविक नेतृत्व गरेका मिराज ढुंगाना अहिले गुपचुप छन्। भदौ २३ र २४ गते भएको १३ देखि २८ वर्ष उमेर समुहका युवा पुस्ताको आन्दोलनमा घुसपैठ हुँदा ५१ जना युवा मारिएका थिए । जेनजी आन्दोलनको सुरुवाती बाट बाहिर देखिएका ढुंगाना एकाएक हराए ।
जेनजीको नेतृत्व बिच झडप पनी भयो । अहिले आन्दोलनको जस हामी नेपाल नामक संस्था र त्यसका अध्यक्ष सुधन गुरुङले लिएका छन्। आन्दोलन सुरुहुनु भन्दा पहिले जेनजी लिडर मिराज ढुंगाना सहितका युवाहरु दुर्गा प्रसाईलाई भेटेर हाम्रो आन्दोलनमा सहभागी नहुनुहोला भनेका थिए । प्रसाई सहितको तस्विर सञ्जालमा बाहिरिएको थियो । अघिल्लो दिन शान्तीपुर्ण भएको आन्दोलनको दोस्रो दिन घुसपैठका कारण देश नै जलेर खरानी भयो ।
जेनजीका नेतृत्व गर्ने युवाहरु पनी हराए। हिजो मात्रै तिनै ढुंगनाले आफुलाई ज्यानमार्ने धम्कि आएकाले आफु बन्दक भएको र मोबाइल समेत स्विच अफ गरेको भिडियो मार्फत जानकारी दिएका छन्। तर यता आन्दोलनको जस भने एक संस्थाले लिइरहेको छ । ढुंगानाले आफुलाइ अनेत्र कतै लिएर राखेका कारण आफु उपस्थित हुन नसकेको भिडियो मार्फत खुलाएका छन्।
यी हुन् सस्थाका सहयोगीहरु

यता आफुलाई जेनजी आन्दोलनको नेतृत्वकर्ता दाबी गर्ने सुधन गुरुङ र उनको संस्था हामी नेपाल भारत, चिन र नेपालका बदनामी खेप्दै आएका बिचौलियाहरुको समेत सम्बन्ध रहेको पाईएको छ । नितान्त सामाजिक सेवा गर्ने भनेर दर्ता भएको हामी नेपाल राजनैतिक संरक्षण र स्वतन्त्र तिब्बत अभियानमा समेत जोडिएको छ । त्यही संस्थाका अध्यक्ष गुरुङ अहिले जेनजी आन्दोलनको मुख्य लिडर बनेका छन्।
२०७२ सालको भुकम्प अघि रात्रीकालिन व्यवसाय रेष्टुरेन्टमा डिजेको रुपमा काम गर्ने सुधन गुरुङ आफ्नो सन्तान भुकम्पबाट गुमाएपछी भुकम्प प्रभावितहरुको काममा लागेर संस्थालाई बैधानिक बनाएको देखिन्छ । ३८ वर्षिय गुरुङको नागरिकता पनी भारतीय हो । भनेर विवाद उठेको छ । उनले केही वर्ष पहिले राजनीतिमा लाग्ने समेत स्वघोषना गरेका थिए। आन्दोलन सुरु भएपछी सक्रिय भएका गुरुङ भदौ २२ गतेदेखि सामाजिक सञ्जालमा भिडियो सामग्री राख्न थाले।
सोमबारको आन्दोलनमा निषेधित क्षेत्र तोड्न लाग्दा भएको फायरिङबाट सोही दिन दिउँसो १९ जनाको मृत्यु भयो । मिराज एकाएक गायब भए भने गुरुङ आन्दोलनको जस लिएर हाबि भए । त्यही दिनदेखि मिराजलाई प्रहरीले खोजीकार्य गरेको थियो । तर गुरुङ प्रहरीको निगरानीमा रहेनन्। आन्दोलनको खाका तयार बनाएर आन्दोलन सफल बनाएका मिराज भने अझैपनी सार्वजनिक भएका छैनन्। उनले सामाजिक सञ्जालमा भिडियो मार्फत आफुलाई थ्रेट आएका कारण भुमिगत हुनपरेको बताएका छन्।