रुकुम पश्चिमकाे आठविसकाेट नगरपालिका वडा नम्वर १ देखि ६ नम्वर वडा मा नेपाल टेलिकमको टावरमा समस्या आए सँगै टेलिफोन सेवा अवरुद्ध भएको छ ।
Advertisement
सञ्चारको माध्यम टुटेपछि स्थानीयहरु बेखबर बनेका छन्। आपतबिपद पर्दा खबर गर्न कुनै पनि माध्यम छैन। स्थानीय भन्छन्। न बत्ति छ । न टेलिफोन अन्धकार छ गाउँमा ।
यहाँकाे संचार एक पटक मात्र नभएर बेला बेला अवरुद्ध हुदै आएको छ । टेलिकमको सेवा अवरुद्ध हुँदा स्याला खदी, उभोखोला र गोतामकोट लगायतका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन्। टेलिकमका अनुसार टावरमा समस्या देखिएको र मर्मतको कार्य भैरहेको जनाईएको छ ।