रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका-५ स्थित गोतामकोटको मिग्रीमा परम्परागत रुपमा लाग्दै आएको भाद्र पुर्णिमा मेला यस वर्ष पनि लाग्ने भएको छ । विगत ३५ वर्ष देखि लाग्दै आएको ऐतिहासिक मेलाको यस वर्ष पनि ३६ औँ संस्करणको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
मेलामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित खेलकुदको आयोजना गरिएको मेला आयोजक समितिका अध्यक्ष तुफान भण्डारी ( बादशाहले) जानकारी दिए । अध्यक्ष भण्डारीका अनुसार महिला, पुरुष भलिवल सहित सांस्कृतिक कार्यक्रमहरु मुख्य आकर्षक रहेको उक्त मेला यही भदौ २३ गते बिहान १० बजे उद्घाटन हुने बताए ।


खेलुकुद तर्फ सहभागी हुनको लागी पुरुष र महिला समुहले टिम दर्ता गर्नुपर्ने छ । जसको लागि पुरुष भलिवलको टिमदर्ता शुल्क ५ हजार २ सय रुपैयाँ र महिला तर्फ ३ हजार रुपैयाँ शुल्क लाग्ने छ । भने भलिवलमा प्रथम हुने समुहले पुरुष तर्फ क्रमश ५२ हजार रुपैयाँ , दोस्रो ३७ हजार रुपैयाँ र तृतीय हुने समुहले २७ हजार रुपैयाँ पुरस्कार पाउने छन । भने महिला तर्फ प्रथम २५ हजार दुई सय पच्चिस रुपैयाँ , दोस्रो १७ हजार १ सय १७ र तृतीय हुने समुहले १२ हजार १ सय १२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
आयोजक समितिका अनुसार भलिवल खुल्ला स्वच्छ वडा स्तरिय खेलाइने बताइएको छ । आठबिसकोट नगरपालिका-५ स्थित मिग्रीमा रहेको सरस्वती माविको प्राङ्गनमा सञ्चालन हुने सो मेलामा आयोजना गरिएका खेलकुदमा सहभागी हुनको लागि यही भदौ २३ गते १० बजे भित्र आफ्नो टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ ।