सिमबजार खानेपानी तथा सरसफाई संचालन समितिले आठविसकोट नगरपालिका वडा नम्बर ११ को सिमबजार क्षेत्रमा सरसफाइ गरेको छ । आज शनिबार सिमबजार क्षेत्रमा सरसफाई गरिएको हो ।
हरेक शनिबारको दिनलाई श्रमबारको रुपमा लिने निर्णय गरेको र सोहि अनुसार आज बजार क्षेत्रमा सरसफाई गरिएको समितीको उपाध्यक्ष दत्त बहादुर पुनले जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा समितिका पदाधिकारीहरु, स्थानियहरु, राजनितिक दलका नेता कार्यकर्ता र विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
बजार क्षेत्रका नालिहरुमा रहेका झारपात, कागजातहरुको व्यवास्थापन गरिएको उहाँले बताउनुभयो । यसैविच सिमबजार खानेपानी तथा सरसफाई संचालन समिति गठन गरेर यो सरफाई अभियान थालिएको समितिले जनाएको छ ।
गुणस्तर खानेपानी तथा सफा समृद्ध सुशासन गाउँ सिमबजार वासीले बनाऔँ भन्ने नाराका साथ सिमबजार क्षेत्रका सार्वजानिक स्थल र निजी स्थानहरुमा सरसफाई गरि प्रत्येक शनिबार सरफाई गर्ने र फोहर व्यवस्थापनको लागि प्रत्येक घरमा फोहर मलाई भन्ने सकेत सहितका डस्बिन राख्न निर्देशन दिने निर्णय पनी समितिले गरेको छ ।
डस्बिन राखे नराखेको अनुगमन गर्ने समेत समितिका उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।