रुकुम पश्चिम । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिवार उनको निधन भएको हो।
Advertisement
पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएको थियो । अस्पतालमा एकै पटक दुई वटा ठूलो शल्यक्रिया (मेजर अपरेसन) गरिएको थियो ।
पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।