• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ९. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • १०. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

जनसेवक वडाअध्यक्ष जो दिनरात खटिएर वडाबासीको भरोसाको आधार बनेका छन


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर- ५ का वडा अध्यक्ष घनश्याम भण्डारी बिहान सबेरै कार्यालय पुग्छन्। उनलाई फुर्सदको समय कमै हुन्छ। कहिले खोला किनारको बगर कटान रोक्न, कहिले विद्यालयको शैक्षिक निरीक्षण गर्न, कहिले बिरामीलाई अस्पताल पुर्याउन त कहिले खानेपानीको पाईप बोकेर मुहान सम्म पुग्छन भने कहिले कुटोकोदालो बोकेर सडक खनिरहेका हुन्छन्। उनी निरन्तर जनताबीच घुलमिल भइरहेका हुन्छन्। पाँच वर्षको नेतृत्वमा उनले जनतासँगको दूरी घटाएर विश्वासको पुल बनाएका छन्।

    Advertisement

    वडा अध्यक्ष भण्डारी आफैंलाई “जनताको सेवक” भन्न रुचाउँछन्। कार्यालयको समयमा आएका कामकाज सकाएर उनी सधैजसो टोल टोल र गाउँगाउँमा पुगेर जनताको समस्या बुझ्छन्। गाउँको विकास योजनामा स्थानीयको प्रत्यक्ष सहभागिता , निर्णय गर्दा खुला बैठकमा छलफल र प्राथमिकता गाउँको आवश्यकता अनुसार निर्धारण गर्ने गर्दा उनी जनताले रुचाईएका वडाअध्यक्ष बनेका छन्।

    “हामीले बनाएको योजना जनताको योजना हो, मेरो होइन,” उनी भन्छन्। ती योजनामा प्रत्यक्ष निगरानी राख्ने काम हामी जनप्रतिनिधिको हो । जनप्रतिनिधिले श्रम गरे बल्ल जनताले गर्छन्। स्थानीय बासिन्दाले उनको सक्रियताले समस्या समाधान सहज भएको र विश्वास बढेको बताएका छन्।सेवा प्रवाहमा समेत नागरिकताको सिफारिसदेखि जन्मदर्तासम्मको काम समयमै सम्पन्न हुने व्यवस्था, बुढाबुढीको सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता लगायतका प्रशासनिक कामले अझ उनलाई अब्बल प्रतिनिधिका रुपमा चिनाएको छ ।

    वडाका बासिन्दा गम बहादुर बिक भन्छन्, “हामीलाई अब वडा कार्यालयमा जान डर लाग्दैन, अध्यक्ष आफैं घरघरमा पुग्नुहुन्छ।” खानेपानीको पाईप बोकेर अहिले घरघरमा खानेपानीका धारा निर्माण भएको स्थानीयको भनाई छ । अध्यक्ष भण्डारी भन्छन, मेरो कार्यकालमा धेरै कामहरु भएका छन्। जसले गर्दा आम वडाबासीमा बिश्वास बढेको छ । गाउँका सानासाना कुराले नै खुसी दिदो रहेछ ।

    भौगोलिक रुपमा विकट मानिने साविकको गोतामकोट गाविसक अन्तर्गत वडा नम्वर -५ मा अहिले सडक कालोपत्रे, बिधुतको केन्द्रीय लाइन जडान, एक घर एक धारा , पर्यटन प्रवर्धन र कृषि उत्पादनमा समेत उल्लेखनीय सुधार भएको बताईन्छ।

    वडा अध्यक्ष घनश्याम भण्डारीको नेतृत्वमा वडा नम्वर-५ ले छोटो समयमै विकासको नयाँ गन्तव्य पाएको छ। अहिले यहाँका जनताको मुखमा एउटै कुरा सुन्न पाइन्छ । सोही वडाकी सेतु थापा भन्छिन, “हाम्रो अध्यक्ष हाम्रो घरको मान्छे जस्तै, हामीलाई बुझेको नेता हुनुहुन्छ ।” महिला तथा बालबालिका क्षेत्रमा पनी उहाँले समान ढंगले काम गर्नु भएको छ । यही भरोसा, यही सम्बन्ध उनको नेतृत्वको वास्तविक सफलता हो ।

    वडा अध्यक्षको सक्रियतामा सेवा प्रवाह सहज, जनतामा बढ्दो भरोसा

    अध्यक्ष भण्डारी निरन्तर जनताबीच उपस्थित भएर सेवा प्रवाह गर्दै आएका छन्। वडाको विभिन्न विकास योजना, टोलटोलमा अध्यक्ष भण्डारी आफैं सहभागी हुँदै आएका छन्। उनी बिहान सबेरै कार्यालय पुगेर आवश्यक कागजी प्रक्रिया पूरा गर्छन् भने दिउँसो जनताको कामका लागि बस्तीबस्ती पुग्ने गरेका छन्।

    अध्यक्ष भण्डारीका अनुसार वडामा सामाजिक सुरक्षा भत्ता वितरण, जन्मदर्ता र नागरिकता सिफारिस जस्ता सेवा समयमै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। “हाम्रो प्राथमिकता जनताको आवश्यकता अनुसार योजना बनाउने र तत्काल कार्यान्वयन गर्ने हो,” अध्यक्ष भण्डारीले उज्यालोपाटी सँग भने।

    स्थानीयवासीका अनुसार खुला बैठकमा योजना छनोट गर्ने, खर्च विवरण सार्वजनिक गर्ने, र संकटमा तत्काल उपस्थित हुने बानीले अध्यक्ष भण्डारी प्रति जनताको भरोसा बढेको छ । स्थानीय राम बहादुर थापा भन्छन, वडामा अहिले धेरै परिवर्तन भएको छ । पहिले हाम्रो बारीमा फलेको स्याउ कुहिन्थ्यो । अहिले वडा मार्फत बिक्रि हुने गरेको छ । खानेपानीको लाइ लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएर एक घर एक धारा मार्फत आजभोली घरमै पानी आउँछ ।

    पुर्वाधार , कृषि , स्वास्थ्य र शिक्षामा उल्लेखनीय सुधार

    आठबिसकोट-५ मा स्वास्थ्य , शिक्षा कृषि र पुर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार भएको छ । विकास सँगै उत्पादनमा जोड दिएको यो वडाले कृषि क्षेत्रमा पनि फड्को मारेको छ । पहिले खानेपानीका लागि घण्टौ कुर्नुपर्ने यहाँ अहिले एक घर एक धारा अन्तर्गत २९३ धारा निर्माण भएका छन्। भने १५ वटा धारा बालमैत्री रहेका छन्। बिधुतको केन्द्रीय लाईन पुगेको छ । ७०९ घरधुरी रहेको यो वडामा स्वास्थ्यको आफ्नै भवन निर्माण भैसकेको र वडा कार्यालयको नयाँ भवनका लागि टेण्डरको पक्रियामा रहेको बताईएको छ । ४ वटा बिधालय रहेको यो वडामा शैक्षिक क्षेत्रमा पनि परिवर्तन हुदै गएको छ । पुर्वाधारतर्फ पहिले कच्ची भवन समेत अभाव भएको बिधालयहरुमा अहिले ५ वटा पक्की भवन निर्माण भैसकेको अध्यक्ष भण्डारी बताउँछ्न ।

    पुर्वाधार हिसावले पनी वडा नम्वर-५ विकसित वडाका रुपमा रहेको छ । राप्ती राजमार्ग अन्तर्गत सिमबजार देखि थापागाउँ सम्म ५ किलोमिटर सडक कालोपत्रे भएको छ । भने करिब ४ किलोमिटरको भित्री सडक ग्राबेल र ढलान गरेर निर्माण कार्यको अन्तिम चरणमा रहेको जनाईएको छ । रुकुम पश्चिम जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको चित्रीपाटनमा आउने पर्यटकको सहजताको लागि चुल्लुबारी देखि करिब १० किलोमिटर पदमार्गमा सिडी लगाईएको अध्यक्ष भण्डारीले बताए। उनका अनुसार चित्रीपाटन आउने पाहुनाका लागि आवास सहितको घर र प्रतिक्षालय निर्माण गरिएको छ ।

    स्याउ उत्पादनमा राम्रो मानिने यो वडामा किसानले लगाएको स्याउ र किवी खेती बाट वार्षिक २० लाख आम्दानी भैरहेको वडाअध्यक्ष भण्डारी बताउँछन्। उनी भन्छन, किसानले लगाएको स्याउ किवी खेर नजाओस भनेर गत वर्ष केहि मात्रामा वडाले नै खरिद गर्यो । र केही फलफुल बजारीकरणमा सहयोग गरेर कृषि उपजबाट किसानले आम्दानी गर्ने वातावरण सिर्जना गरेका छौं।

    • आठबिसकोट
    • घनश्याम भण्डारी
    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.