पछिल्लो समय कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने भन्दै तीन पार्टीका नेताहरु नेत्रविक्रम चन्द, जनार्दन शर्मा र घनश्याम भुसालबीच निकटता बढिरहेको छ । उनीहरुको सक्रियतापनि सार्वजनिक रुपमा देखिन थालेको छ । विप्लव नेकपाका महासचिव हुन् । जनार्दन माओवादी केन्द्रका उमहासचिव हुन भने घनश्याम नेकपा (एकीकृत समाजवादी) को महासचिवको जिम्मेवारीमा छन् ।
यी तीन नेता केही साताअघि काठमाडौंमा पनि एउटै मञ्चमा भेला भएका थिए । अब यी तीन नेता बुटवलमा भेला हुने भएका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठानले भोलि (बिहीबार) बुटवलस्थित एसियन होटेलमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रममा मुख्य वक्ताहरुको रुपमा यी तीन नेता निम्त्याईएका छन् ।
आयोजकले तीनै जना नेताको तस्विर राखेर प्रचारप्रसार गरिरहेको छ । कार्यक्रमको विषय भने भने ‘वर्तमान राजनीतिक सङ्कट र निकाय’ तय गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै विप्लवलाई उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए ।