ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष टेकेन्द्र सेन्देंगमाथि कुटपिट भएको छ ।
Advertisement
नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेको सेन्देंगमाथि जिल्ला कमिटीको बैठकबाट घर फर्कने क्रममा सदरमुकाम नजिकैको तक्मेडाँडामा हातपात गरिएको हो ।
७ जना जतिको समूहको आक्रमणबाट घाइते वडाध्यक्ष सेन्देंगलाई ताप्लेजुङ अस्पतालबाट रेफर गरेर थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लिइएको छ ।