असल छिमेकी नेपालले रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको ११ मा रहेका दुई विद्यालयमा बिपद व्यवस्थापन सम्वन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । भाद्र २ गते देखि शुरु भएको विपद व्यवस्थापन सम्वन्धि जनचेतनामुलक अभिमुखिकरण हिजो शनिवार सम्पन्न भएको हो ।
गोइरीमा रहेको जनकल्याण माध्यामिक विद्यालय र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गत्तसैनामा बिपद व्यवस्थापन सम्वन्धि जनचेतनामुलक अभिमुखिकरण भएको असल छिमेकी नेपाल का संस्थाका फिल्ड सुपरभाईजर दान महताराले जानकारी दिए ।
अभिमुखिकरणमा दुई विद्यालयका गरेर १ सय ८० जना विद्यार्थिहरु सहित शिक्षकहरुको पनी सहभागीता रहेको उनले जानकारी दिए । बाढि पहिरो, भुकम्प लगाएतका प्रकोपजन्य घटनाहरुबाट कसरी बच्ने ? विपद पुर्व तयारी प्रतिकार्य र पुःनस्थापना सम्वन्धि विद्यार्थिहरुको सिप, क्षमतामा दक्ष बनाई सुरक्षित समुदाय निमार्ण गर्न टेवा पुर्याउने उदेश्यले उक्त अभिमुखिकरणको आयोजन गरिएको संस्थाले जनाएको छ ।
यसैविच संस्थाले नलगाड नगरपालिका १ कल्पत जाजरकोटमा वातावरण मैत्री ईट्टाबाट भुकम्प प्रतिरोधी घर निमार्ण सम्वन्धि तालिम पनी सम्पन्न गरको छ । श्रावन ३१ गतेबाट शुरु भएको तालिम हिजो सम्पन्न भएको हो । तालिममा १ नम्बर वडाका २० जनाको सहभागीता रहेको थियो । भुकम्प प्रतिरोधी घर निमार्ण गर्ने प्रविधी हस्तान्तरण, स्थानिय स्तरमा दक्ष मिस्त्री उत्पादन गर्ने उदेश्यले तालिमको आयोजन गरिएको बताईएको छ ।