मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर छ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ ।
Advertisement
देशभर साधारणतया बदली छ । कोशी प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार देशभर साधारणतया बदली रहनेछ ।
बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भाग लगायत देशको बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा छ । लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षा छ ।