रुकुम पश्चिम । बर्खाको मौसम सुरु भएपछि रुकुम पश्चिमको आठबिसकोट–६ गोतामकोट– डोल्पाको त्रीपुराकोट सडक मार्गमा यात्रागर्ने यात्रुहरू दैनिक सास्ती खेपिरहेका छन्। स्थानीय खोलामा स्थायी पुल नहुँदा सवारीसाधनहरू रोकिँदा यात्रुलाई जोखिमपूर्ण तरिकालेखोला तर्नु पर्ने र यात्राको खर्च दोब्बर बढेको छ।
स्थानीयवासीका अनुसार, खोलामा पानी बढ्दा यातायात का साधनहरु ठप्प भएका छन्। केही चालकहरूले अस्थायी डुङ्गा वाट्र्याक्टरमार्फत यात्रु पार गराउने गरे पनि यसको शुल्क सामान्य भाडाभन्दा निकै महँगो लिइन्छ। “पहिले सात सय रुपैयाँ पर्ने बाटोअहिले दुई हजार देखि पच्चिस सय सम्म लिन्छन्,” एक यात्रु सुनाउँछन्, “तर अर्को विकल्प छैन।”
सवारी आवागमन अवरुद्ध हुँदा व्यापारीहरूले पनि मालसामान ढुवानीमा समस्या भोगिरहेका छन्। बजारमा अत्यावश्यक सामानकोमूल्यमा समेत वृद्धि भएको छ। गोतामकोटको रिजागाड र कुसुम खोलामा स्थायी पुल नहुँदा यात्रुहरु मारमा परेका हुन्। भेरी करिडोरभित्रपर्ने झन्डै ३५ किलोमिटर गोतामकोट– त्रीपुराकोट सडक खण्डमा अहिले यात्रुहरुले २ हजार रुपैयाँ भाडा तिर्दै आएको बताउँछन्।
स्थानीयले वर्षौँदेखि पुल नहुँदा बर्खाको समयमा सास्ती खेप्दै आएका छन्। बर्खाको समय सुरु भएपछी “वर्षेनी यस्तै हुन्छ, तरसमाधानको पहल कहिल्यै हुँदैन,” स्थानीय धन बहादुर खत्री गुनासो पोख्छन्।
बर्खामा दैनिक सयौं यात्रुहरू यो बाटो प्रयोग गर्ने भएकाले, तत्काल स्थायी पुल निर्माण वा सुरक्षित वैकल्पिक मार्गको व्यवस्था गर्नआवश्यक छ । यातायातका साधनहरु खोला पार गर्न नसक्दा यात्रुहरु आधी बाटो पैदल हिडेर गाडी परिवर्तन गर्दै चर्को भाडा तिरेर यात्रागर्न बाध्य छन्।