• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

लोकप्रिय समाचार

  • १. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • २. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • ३. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ४. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ७. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ८. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • ९. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

  • १०. आजको मौसम देशका केही स्थानमा भारी वर्षाको सम्भावना

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित
  • खोटाङ । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

    Advertisement

    सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने/आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन् ।

    करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल)बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए । पहिरोका कारण जयराम–हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् ।

     

    साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको सङ्ख्या पनि बढी हुने अवस्थामा च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। “जयराम–हलेसी सडकखण्डमा ठूलो पहिरो जाँदा धेरै तीर्थालु ‘बी’ सडकमै अलपत्र परेका छन् । उनीहरूलाई उद्धार गर्न सबै संयन्त्र परिचालन गरिएको छ”, उनले भने, “लगातारको वर्षा नरोकिँदा सम्भव भएको छैन । बेलुकासम्ममा पुनः सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम भइरहेको छ ।”

    केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण आज बिहान ८ बजेर करिब १० मिनेट जाँदा च्यास्मिटारमा पहिरो खसेको प्रहरीले जनाएको छ । च्यास्मिटारमा खसेको पहिरोले दाम्ली–डिकुवा सडकसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

    अवरुद्ध सडक खुलाउन हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए । “पहिरो ठूलो छ । सडकमा थुप्रिएको ढुङ्गा, माटो तथा रुखहरू हटाउने प्रयास भइरहेको छ”, उनले भने, “अवरुद्ध सडक तत्कालै खुलाउन सकिने अवस्था छैन । यद्यपि, प्रयास जारी छ । यात्रा गर्नेहरूले जानकारी लिएर मात्र यात्रा गर्नुहोला ।”

    हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिनादिनसम्म बोलबम मेला लाग्ने गर्दछ । बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चीन, भूटानलगायतका नागरिकसमेत आउने गरेका छन् । रासस

    • मध्यपहाडी
    • सडक अवरुद्ध
    सोमबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का
    अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही
    आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ
    आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह
    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    लोकप्रिय

    • १.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • २.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • ३.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ४.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    भर्खरै

    • १.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • २.
      अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

    • ३.
      आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

    • ४.
      आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

    • ५.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ७.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ८.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.