सल्यानको दार्मा गाउँपालिका –५ मा उज्यालो युवा क्लबले शुक्रबार भालुमारेमा रहेको सामुदायिक विद्यालय परिसर र बाटो सरफाइगरेको छ ।
क्लबका सचिव घनराज खड्काका अनुसार विद्यालय जाने बाटोमा आएको पहिरो, वरपरका कालोखर र झारपात हटाउने काम सँगैविद्यालयभित्रको फोहोर , प्लास्टिक तथा चर्पी वरपरका अव्यवस्थित सामग्री हटाइएको हो।
आज बिहान विद्यालय जाने स–साना बालबालिकाले बाटो बनाइदिन आग्रह गरेपछि क्लबका उपाध्यक्ष प्रकाश खड्का, सहसचिव दीपककेसी र सचिव घनराज खड्कासहित तीन जनाले उक्त कार्य सम्पन्न गरेका थिए।
विद्यालयले प्रारम्भिक रूपमा सहकार्य गर्ने बताए पनि अन्तिम समयमा पछि हटेको क्लबले जनाएको छ। प्रिन्सिपलले अघिल्लो दिन नैउपस्थित नहुने जानकारी दिए पनि अन्य शिक्षकहरू आउने आश्वासन दिइएपनि दिउँसोसम्म कोही उपस्थित नभएको क्लबको भनाइ छ।
प्रिन्सिपलको आग्रहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्का भने सफाइ कार्यस्थलमा उपस्थित थिए।