रुकुम पश्चिम । भारत को उत्तराखण्डमा आएको भीषण बाढीमा परेर रोजगारीका लागि भारत पुगेका जाजरकोटको कुशे पालिकाका१३ जना बेपत्ता भएका छन्।
Advertisement
कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी सम्पर्कमा नरहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन्।
अन्य वडाका केही व्यक्ति पनि सम्पर्कमा नआएको जानकारी आएको उनले विज्ञप्तिमा भनेका छन्।
अध्यक्ष बस्नेतले हराएका उनीहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन्।