रुकुम पश्चिमको सानिभेरी–३ को सुर्योदय मा वी बेल्टापु विद्यालयमा सरसफाइ तथा फूल रोप्ने कार्यक्रम सम्पन्न भएको छ । विव्यस अध्यक्ष गोबिन्द ओलीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय वरपरको सरसफाइ गर्दै करिब २०० फूलका बिरुवा रोपिएको छ।
Advertisement
कार्यक्रमको प्रमुख अतिथिका रूपमा सानिभेरी–३ का वडा अध्यक्ष जगदीश नकालको उपस्थिति रहेको थियो। साथै, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानियको सक्रिय सहभागिता रहेको कार्यक्रममा विद्यालयलाई हराभरा, स्वच्छ र आकर्षक बनाउने लक्ष्य लिइएको छ ।
विव्यस अध्यक्ष गोबिन्द ओलीले यस्तो अभियानले बालबालिकामा प्रकृतिप्रतिको प्रेम र सरसफाइको चेतना बढाउने विश्वास व्यक्त गरे ।