आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ स्थित राडीबजारमा रहेको आठबिसकोट नगर अस्पतालबाट आर्थिक वर्ष २०८१/८२ मा ३२ हजार बिरामीले सेवा लिएका छन्। नगर अस्पतालका अनुसार बितेको वर्षमा ३२ हजार ६ सय ६४ जनाले अस्पतालबाट बिभिन्न किसिमका बिरामीले सेवा लिएका हुन्।
Advertisement
सबैभन्दा बढी ओपीडी सेवा लिने १६ हजार १ सय १३ जनाले लिएका छन । भने सबैभन्दा कम सेवा कुष्ठ रोगका २ जनाले मात्रै अस्पतालबाट सेवा लिएका हुन्। नगर अस्पतालका निमित्त अस्पताल प्रमुख धनन्जय रिजालका अनुसार ११ हजार ५ सय जनाले ल्याव सेवा लिएका छन्। बितेको वर्षमा अस्पतालबाट सबै सेवाहरु लिनेहरु ३२ हजार बढी भएको रिजालले जानकारी दिए।