रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ मा मोटर साइकलको ठक्कर बाट पैदल यात्रु घाईते भएका छन्। सिमबजार सडकमा मोटरसाईकलले दिदा वडा नम्वर ५ की ६० वर्षीया कुसुमी सार्की घाइते भएको प्रहरीले जनाएको छ ।
Advertisement
भे १० प १७०७ नम्वरको मोटरसाईकलले आज दिउँसो ठक्कर दिएर सार्की घाइते भएको प्रहरीले बताएको छ ।
आठबिसकोट नगरपालिका ४ का १९ वर्षीय सुनिल बिकले चलाएको मोटर साइकलले ठक्कर दिदा घाइते भएकी सार्कीलाई आठबिसकोट नगर अस्पताल मा उपचार भैरहेको छ । सार्कीको बाँया हात र छातीमा चोट लागेको अस्पतालले जनाएको छ ।