• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ८. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

सिञ्जा गाउँपालिकाले ५४५ घरको बिमा गर्दै


  •   बिहिबार, साउन १५, २०८२ मा प्रकाशित
  • यहाँको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको बिमा गरेको छ । पालिकाका छवटै वडामा दुईजना तथ्याङ्क सङ्कलन गर्ने कर्मचारी परिचालन गरी सङ्ख्या निर्धारणसहित घर बिमा गरिएको हो ।

    Advertisement

    कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बिमा कार्यक्रममार्फत सिञ्जाका एक हजार ५४५ घरको बिमा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

    प्रदेश सरकारको गत आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत ‘घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि–२०८१’ मन्त्रिपरिषद्बाट गत फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको हो । उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई घरको मूल्याङ्कन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित पठाएको विवरणअनुसार सिञ्जाले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेपछि छनोटमा परेको अध्यक्ष धितालले बताए ।

    कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर रु २३ लाखको बिमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बिमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बिमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका परिवारले क्षतिपूर्ति पाउनेछन् ।

    एक परिवारका लागि एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिए । घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको जनाउँदै उनले चालु आवमा बिमाका लागि प्रदेश सरकारले रु चार करोड ७५ लाख बजेट छुट्याएको उल्लेख गरे ।

    प्रदेश सरकारले ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बिमा गरेको प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । चालु आव २०८२/८३ मा विपद् बिमाका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । रासस

    • सिञ्जा गाउँपालिका
    बिहिबार, साउन १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो
    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • २.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • ३.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ४.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ५.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ६.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ७.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ८.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.