काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको ले यसलाई धेरै विवाद गर्नुपर्ने नभएको बताएकी छन्।
शुक्रबार (आज) काठमाडौँको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्।
‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,’उनले भनिन्।
त्यस्तै पत्रकार सम्मेलनमा भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् ।
शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् ।
कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकि मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् ।
साथै, उनले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् ।
‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन,’ भण्डारीले भनिन्, ‘यो संवैधानिक अधिकार मात्रै होइन ।
मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’