नेकपा एमालेको सचिवालय बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ।
Advertisement
मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले गरेको यो निर्णयसँगै पूर्वराष्ट्रपति विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी हुन नपाउने देखिएको छ।
एमालेका उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सचिवालय बैठकले केन्द्रीय सदस्य स्वत: राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन पाउने र विधान महाधिवेशनका हकमा यसअघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने व्यवस्था यथावत् राख्ने निर्णय गरेको हो।