परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाईएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ र ५ मा राको बालेर लुतो फालेर संक्रान्ति मनाईएको हो ।
Advertisement
साउने संक्रान्ती (लुतो फाल्ने दिन) पश्चिम नेपालमा विशेष तरिकाले मनाइन्छ । साझ तिर आ-गोको राको बालेर फालिन्छ जस्ले गर्दा अघिल्लो बर्षका नराम्रो सोच, धारणा , व्यवहार र शाररिक तथा मानसिक अस्वास्थ्यता फालेर आजको दिन बाट सकारात्मक सोच, धारणा ,व्यबहार , हर्ष, उमंग र सद्बुद्धि सबैमा पैदा हुन्छ भन्ने मानिन्छ ।
तस्बिर : घनश्याम भण्डारी