बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजीबुर रहमानको गृहमनगर गोपालगन्जमा बुधबार भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ ।
अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको कार्यालयले गोपालगन्जमा कर्फ्यु लगाएको छ ।
छात्रहरूको नेतृत्वमा रहेको नेशनल सिटिजन पार्टी (एनपीसी) को प्रदर्शनका क्रममा यो घटना भएको हो । गत वर्षको जुलाई–अगष्टमा छात्रहरूको नेतृत्वमा हिंस्रक आन्दोलन भएको थियो । आन्दोलन उग्र बन्दै गएपछि गत वर्षको ५ अगष्टमा हसिनाको सरकार अपदस्थ भयो । आन्दोलनको नेतृत्व गर्ने विद्यार्थीहरूले गत फेब्रुअरीमा एनपीसी नामको राजनीतिक दल गठन गरेका थिए ।
स्थानीय मिडियाका अनुसार शेख मुजीबुर रहमानको गृहनगर हसिनाका समर्थक सैयौं प्रहरीसँग भिड्दा रणमैदान बनेको थियो । शवलाई अस्पताल पुर्याइएपछि चिकित्सकहरूले मर्नेहरूमा गोली लागेको बताएका छन् । अरु पनि गोली लागेर घाइते भएको र उनीहरूको उपचार भइरहेको छ ।