• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, जेठ १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

आज घट्यो सुनको मूल्य

रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

लोकप्रिय समाचार

  • १. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • २. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ३. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ४. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ५. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • ६. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • ७. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

  • ८. हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

  • ९. मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

  • १०. चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण


  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो ।

    Advertisement

    खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पुर्याइएको हो ।

    समितिका संस्थापक राजु पुनले पाउद्वार र छिमेकी गाउँबासी तथा भक्तजनहरुले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेको जानकारी दिए। सेवा निवृत्त बेलायती गोर्खा सैनिक पुनको अगुवाइमा विसं २०७२ देखि पाउद्वार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो ।

    “दिवङ्गत आफन्तको नाममा चौतारा र बाटो बनाउने पुरानो चलनलाई धार्मिक पर्यटनसँग जोड्ने हाम्रो प्रयासमा स्थानीयवासीका साथै खयरबाराहीमा पूजाआजा गर्न आउने अन्य ठाउँका भक्तजनले साथ दिनुभएको छ”, पुनले भने, “१० वर्षमा ६७ जनाले गर्नुभएको रु एक करोड ७० लाख सहयोगमा २७ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ ।”

    सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उनको भनाइ छ ।

    भिरालो पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएपछि स्थानीयवासी, भक्तजन र पर्यटकहरुलाई आवतजावतमा सहज भएको पाउद्वारका बासिन्दा हरिप्रसाद तिलिजाले बताए। दाताको सहयोगमा विभिन्न ठाउँमा आश्रयस्थल र खानेपानीको व्यवस्था मिलाइएको छ ।

    अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । गाउँमा नभएका दाताहरुले समितिको सहजीकरणमा स्थानीय मजदुर परिचालन गरेर पदमार्ग र पूर्वाधार बनाउने गरेका छन् । पदमार्ग र चौतारामा निर्माणकर्ताको विवरन खुलाएर शिलालेख राखिएको छ ।

    अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खोप्रा, खयर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा सरकारी निकायको तुलनामा समुदायको बढी लगानी भएको बताए । सो क्षेत्रको पूर्वाधार निर्माणमा पर्यटन तथा उद्योग कार्यालयमार्फत पछिल्लो दुई वर्षयता रु ३२ लाख, अन्नपूर्ण गाउँपालिकाबाट करिब २० लाख बजेट खर्च भएको छ ।

    स्थानीयवासीले ‘खयरभारानी’ भन्ने खयरबाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ । खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने र आटे, मागेको पूरा भएपछि बली चढाउने चलन छ । जनैपूर्णिमाका दिन करिब एक हजार दुई सय जना भक्तजन खयरबाराही पुग्ने गर्छन् ।

    जनैपुर्णिमा बाहेकका दिनमा ताल र यस क्षेत्रको अवलोकनका लागि पर्यटकहरु पुग्ने गर्छन् । पाउद्वारदेखि खयर जाने बाटोमा पर्ने खोप्रा लेक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । समुन्द्री सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइको खोप्रा लेकबाट धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

    पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको यो ठाउँलाई स्थानीयवासी ‘खोपारा’ भन्ने गर्छन् । खोप्रामा पाउद्वार सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ । चौरी र भेडाबाख्राको घुम्ती गोठ पनि खोप्रा, खयर क्षेत्रको आकर्षण हो । पाउद्वारदेखि एक दिनमा खोप्रा र दुई दिनको पैदलयात्रामा खयरबाराही तालमा पुग्न सकिन्छ । रासस

    बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै
    सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
    खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ
    आज घट्यो सुनको मूल्य
    पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन
    आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

    लोकप्रिय

    • १.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • २.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ३.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ४.
      सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

    • ५.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • ६.
      यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

    भर्खरै

    • १.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    • २.
      सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

    • ३.
      खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

    • ४.
      आज घट्यो सुनको मूल्य

    • ५.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • ६.
      पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

    • ७.
      आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

    • ८.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.