• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

आज बिहानै गयो भुकम्प

राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

आहा ! ढोरपाटन


  •   सोमबार, असार ३०, २०८२ मा प्रकाशित
  • यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रंगमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए । जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे । दर्शनका लागि पुगेको भक्तजनलाई फाँटैभरी फूलेको वनफूलले छुनै सकेको थिएन ।

    Advertisement

    तर पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक रंगीचंगी वनफूलसँग पिरती नगाँसी फर्किनन् । खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ । अझ पाटनभरी फूलेका वनफूलले यहाँको सुन्दरतालाई बढाएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रचारले वनफुलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटक बढी रहेका छन् । यो याममा दैनिक दुई सय बढी पर्यटक वनफूलसँग रमाउन ढोरपाटन उपत्यकामा पुग्ने गरेका छन् ।

    स्थानीयले राके फूलका रूपमा चिन्ने वनफूललाई ढोरपाटा सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ । फूलसँग रमाउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटमा चहलपहल बढेको छ । देशका ठूला सहरबाट बढी पर्यटक रमाउन आउने गरेका छन् । फूलसँग रमाउन आउने पर्यटकको सङ्ख्या बढेपछि ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसायसमेत फस्टाउन थालेका छन् । पहिले ढोरपाटन आउने पर्यटकले खास्सै चासो नदिए पनि हरेक पर्यटकको ध्यान पाटनभरी फूलेका फूलले खिच्ने गरेको होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले बताए।

    पछिल्लो समय ढोरपाटनमा घुम्न आउने पर्यटकको सङ्ख्या अत्यधिक बढेको भन्दै फूलसँग रमाउने बढी भएको उनको भनाइ छ । पहिले खान बस्नका लागि सुविधा नहुँदा पर्यटक कम आउने गरेको स्मरण गर्दै अहिले धेरै होटल तथा घरबास (होम–स्टे) सञ्चालनमा आएपछि ढोरपाटन घुम्नेका लागि पहिलो रोजाइ परेको घर्ती मगर बताउछन्। वनफूललाई पर्यटकले अत्यधिक रुचाएपछि त्यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    उनले भने– “वनफूलको पहिले खास्सै महत्व थिएन, मान्छेहरू मन्दिरमा आएर पूजा गरेर जान्थे तर अहिले पाटननै घुम्ने गरी आउँछन्, त्यसले गर्दा उनीहरूको रोजाई वनफूल परेको छ, वनफूलले पछिल्लो समय हजारौँ पर्यटकलाई आकर्षित गरेको छ, यसको संरक्षण भने हुन सकेको छैन, स्थानीय, सिकार आरक्ष र सरकारले पनि संरक्षणमा ध्यान दिनुपर्छ, नत्र पछि यो फूल मासिन पनि सक्छ ।”

    वनफूल पाटनैभरी फूल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ । पछिल्लो समय पाटनमा जथाभावी रूपमा सवारीसाधन चलाउँदा फूल मासिने जोखिम बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले बताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष कम फूल फुलेको उहाँको भनाइ छ ।

    पछिल्लो तीन वर्षमा बर्सेनि फूल कम फूलेको पुनले बताए। बर्खाको समयमा ढोरपाटन आउने अधिकांश पर्यटक फूलसँग रमाउने गरेको उनको भनाइ छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक अप्ठ्यारो हुँदा पनि वनफूलसँग रम्न पर्यटक आउने अध्यक्ष पुनले सुनाए । वनफूल खासगरी असार पहिलो सातादेखि भदौ महिनासम्म पाटनमा रहने उनको भनाइ छ । वनफूल ढोरपाटनमा पर्यटक बढाउने माध्यम बनेको पुन बताउछन्।

    “वनफूलसँग रमाउन मान्छेको घुइँचोनै लाखेको देख्दा हामीहरू निकै चकित छौँ, किनकी यहाँ त धेरै वर्ष पहिलेदेखि बस्दै आएका छौँ, पहिले कोही पनि मान्छे फाँटमा पुगेर फुल टिप्ने गर्दैनथे, तर अहिले ढोरपाटन आउने हरेक मान्छेले फाँटको बिचमै गएर फूल टिपेर फोटो खिच्छन्” उनले भने– “फूलसँग रमाउन आउने पर्यटकका कारण ढोरपाटनको होटल व्यवसाय पनि चलायमान बनेको छ ।”

    ढोरपाटन आउने पर्यटकमध्ये दैनिक करिब ५० जना बुकीपाटनसमेत उक्लिने गरेका छन् । ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्नका लागि करिब पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ । यति बेला समूहमा वनफूलसँग रमाउने आउने बढी छन् । बुटवलदेखि आएका आकाश गिरीले वनफूल र ढोरपाटनको सुन्दरताले मन फुरुंग भएको बताए ।

    बुटवलमा अत्याधिक गर्मी रहेको हुँदा एक साताका लागि ढोरपाटन आएको उनको भनाइ छ । सामाजिक सञ्जालमा ढोरपाटन र वनफूलको भिडियो देखिपछि आफूहरू यहाँ आएको गिरीले सुनाए।“आहा ! ढोरपाटन कत्ति सुन्दर रहेछ, पोहोर साल हाम्रो साथीहरू यहाँ आएर फोटो र भिडियो खिचेर लगेका थिए, त्यो देख्दा आउन मन लागेको थियो, यसपाली आउने मौका मिल्यो, यहाँ आएपछि त स्वर्गमै आए जस्तो भयो, बुर्तिबाङबाट आउने सडक अलि खराब रहेछ, फूलसँग रमाउन त निकै मज्जा आउँदो रहेछ, यस्तो राम्रो ठाउँमा विकास भने हुन सकेको रैनछ ।” रासस

    • ढोरपाटन
    • बाग्लुङ
    सोमबार, असार ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा
    बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता
    अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह
    रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार
    चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा
    विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • २.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    • ३.
      अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

    • ४.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ५.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • ६.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ७.
      आज बिहानै गयो भुकम्प

    • ८.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.