नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवा बस्ने वर्ष ३८ को दिपेन्द्र शेर्पुन्जा रहेका छन्।
Advertisement
उनलाई बिहान करिब ६:५० बजे त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
शेर्पुन्जाको दाँहिने हातको पाखुरा,छातीको दाहिने भाग र ढाँडमा चोट लागेको छ। उनलाई आक्रमण गर्ने बाघ जंगलतर्फ गएको प्रहरीले जानकारी दिएको छ।