काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट अमेरिका पठाइने उत्पादनहरूमा सन् २०२५ अगस्ट १ बाट ५० प्रतिशत भन्सार शुल्क लगाइने घोषणा गरेका छन्। उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पठाएको पत्रमार्फत यस्तो जानकारी दिएका हुन्।
Advertisement
ट्रम्पको भनाइ अनुसार, यो शुल्क अन्य क्षेत्रगत भन्सार शुल्कभन्दा अलग हुनेछ। उनले ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोलाई पनि आफ्नो समर्थन दोहोर्याएका छन्।
साथै, ट्रम्पले ब्राजिलसहितको ‘ब्रिक्स’ समूहप्रति पनि आलोचनात्मक टिप्पणी गरेका छन् ।
यसअघि पनि ट्रम्पले अगस्ट १ देखि लागू हुने गरी विभिन्न मुलुकहरूमा थप आयात कर लगाउने घोषणा गरेका छन् । एजेन्सी