रसुवामा एक्कासी आएको बाढीले पुल सडक घर र मान्छेहरू बगाएको छ।
Advertisement
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको गाेसाइँकुण्ड नगरपालिका-२ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। त्यहाँ रहेका गाडीहरू पनि बगाएको हो ।
केही मानिस बाढीमा फसेकाले उद्धारको प्रयास भइरहेको र
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।