शिक्षक यामराज ओलीको शब्दमा तयार पारिएको “शिक्षक हामी समाजको ऐना हौँ” बोलको गीत JHARANA SHREE युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
शिक्षकहरूको योगदान, सामाजिक चेतना र शिक्षाको महत्वलाई उजागर गर्ने उद्देश्यले तयार गरिएको यस गीतले शिक्षक समुदायबीच उत्साह थपेको छ।
गीतमा यामराज ओली, जमुना बिस्वकर्मा र झरणा श्री ओलीको स्वर रहेको छ भने लय संयोजन र निर्देशन चर्चित संगीतकार राजु सापकोटाले गरेका छन्।
अभिनयतर्फ चर्चित नायिका रश्मि भट्ट, यामराज ओली, झरणा श्री ओली, दरबार हाईस्कुलका प्रधानाध्यापक शारदा कुमारी पौडेल र सहायक प्रधानाध्यापक पदम बहादुर बटालाको आकर्षक प्रस्तुति रहेको छ।
देशको गौरवमय इतिहास बोकेको पहिलो विद्यालय दरबार हाईस्कुलको प्राङ्गणमा छायांकन गरिएको गीत मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतले शिक्षकको मूल्य र भूमिका प्रति समाजको ध्यान आकर्षित गर्नुका साथै शिक्षालाई बलियो बनाउने सन्देश फैलाउँदै हालैको शैक्षिक माहोलमा व्यापक चासो र चर्चा उत्पन्न गराएको छ।