• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आठबिसकोटका घर घरमा खानेपानीको धारा

"पहिलो पटक मिटर जडित र बालमैत्री धाराको सुविधा  "

  •   मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
  • रुकुमपश्चिम । आठबिसकोट नगरपालिकामा पहिलोपटक मिटर जडित खानेपानीका धारा बन्ने भएका छन् । खानेपानीलाई मितव्ययी ढंगबाट उपभोग गर्ने र सबै उपभोक्तालाई बराबर पानी वितरण गर्ने उद्देश्यले मिटर जडान सहितका धारा बन्न लागेका हुन् । सधैं खानेपानीको संकट बेहोर्नुपर्ने आठबिसकोटमा अब भने सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजनाअन्तर्गत खानेपानी आयोजना बन्न लागेको हो ।

    Advertisement

    आठबिसकोट नगरपालिका–७, ११ र १३ मा मिटर जडित ४३१ वटा निजी धारा बन्न लागेको वास युनिटका प्राविधिक सहजकर्ता वीरेन्द्र बटालाले जानकारी दिए । उनका अनुसार सबै वडाका आयोजनाहरूको करिब ९० प्रतिशत निर्माण कार्य सकिएको छ । सबै धाराहरू बालमैत्री भएको बताइएको छ । ४३१ घरधुरीमा खानेपानी तथा सरसफाइ लक्षित एक घर एक धारा निर्माण गर्न लागिएको प्राविधिक सहजकर्ता बटालाले बताए ।

    धारामा मिटर जडान गर्दा उपभोक्तालाई जिम्मेवार बनाउने र जथाभावी पानीको प्रयोग नहुने जनाइएको छ । साथै घेरबार आरभिटी, इन्लाइन क्लोरिनेसन जडान भएकाले धारामा आएको पानीलाई फिल्टर गर्नुपर्ने वा छान्नु नपर्ने बताइएको छ । पालिकामा ६ वटा उपभोक्ता समिति गठन गरेर निर्माण गरिएको आयोजना अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । एक घर एक धाराअन्तर्गत निर्माण हुने यो आयोजनाको डिजाइन पिरियड २० वर्ष रहेको र २४ घण्टा नै धारा खुल्ला हुने छन् ।

    उक्त योजनामा निर्माण हुने धारा मिटर जडित भएकोले मर्मत सम्भार कोषसमेत रहेको छ । उपभोक्ता, नेपाल सरकार फिनल्यान्ड सरकार र स्थानीय सरकार सरकारको साझेदारी लागतमा योजना सञ्चालन गरिएको हो । नगरपालिकाको ३ वटा वडामा सञ्चालित यो आयोजनामा वडा–११ मा खानेपानीसहित रिठा बहुउपयोगी सिँचाइ आयोजना पनि सञ्चालनमा आउने बताइएको छ । खानेपानीसँगै सिँचाइ पनि सञ्चालनमा आउने भएपछि किसानलाई थप राहत पुग्ने बाइएको छ । उक्त आयोजना निर्माणपछि तरकारी तथा बेमौसमी बालीनालीका लागि रिठा बहुउपयोगी आयोजना प्रभावकारी हुने स्थानीयको विश्वास छ ।

    ‘खानेपानी कम भएको ठाँउमा योजनाले सहज भएको छ’, वडा–१३ का अध्यक्ष टेकबहादुर थापाले भने, ‘घरघरमा धारा भएपछि सबै गाउँले अहिले ठिक छ भन्छन् । खोलाबाट पानी खानुपर्ने तथा खानेपानीको एकदमै समस्या भएको उक्त पाखा भल्म गाउँमा धारामा मिटर जडान भएपछि सहज हुनुका साथै गाउँका २९ घरपरिवार लाभान्वित भएका छन् ।’

    रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छताको सक्रियतामा प्रविधि मैत्री आयोजनाहरू सञ्चालनमा आएका छन् । खानेपानी तथा सरसफाइ योजना गाउँमै निर्माण भएका छन् । केही दिनअघि आफ्नै घरको आँगनमा धारा निर्माण भएको देख्दा स्थानीय दंग बनेका छन् । वडा–१३ का तिलक खड्काले भने, ‘गाउँमा खानेपानीले खुसी ल्याएको छ । नजिकै खानेपानीको मूल नभएको कारण भल्मा गाउँबासीले सदियौँदेखि खानेपानीको चरम संकट भोगे । अब भने गाउँमै एक घर एक धारा बनेका छन् । यसले हाम्रो संकट मात्रै हटेको छैन । पानीको अभावग्रस्त प्यास मेटाएको छ ।’

    नगरप्रमुख रवि केसी भौगोलिक चुनौतीका कारण पालिकाका सबै घरघरमा पानी पुर्याउन नसकिएको बताए । उनले भने, ‘वडाहरूमा एक घर एक धारा सञ्चालनमा ल्याएका छौँ । स्थानीय सरकार सञ्चालनपछि नगरपालिकाको आधाभन्दा बढी क्षेत्रमा एक घर एक धारा सञ्चालन भएको छ । दातृ निकाय, साझेदारी संघसस्था र सरकारको बजेट सहयोगमा एक घर एक धारा निर्माण गरिरहेका छौँ ।’

    पालिकामा पञ्चवर्षीय तथा बृहत् खानेपानी आयोजनाहरू सञ्चालनमा रहेका खानेपानीको सहज पहुँच र सबै नागरिकको घरमा खानेपानी पुर्याउने उद्देश्यसहित काम भइरहेको प्रमुख केसीले बताए । नियमित खानेपानीका ७ वटा र जीर्ण अवस्थामा रहेका ७ वटा आयोजनामर्मत तथा सम्भार गरेर खानेपानीको पहुँच बढाइने आठबिसकोट नगरपालिका वास संयोजक नरेन्द्र केसीले बताए । खानेपानी आयोजना निर्माणसँगै नगरपालिकालाई सरसफाइ स्वच्छताका सूचक पूरा गर्न वास इकाई र नगरपालिका विशेष कार्ययोजनासहित लागिरहेको संयोजक केसीले जानकारी दिए । केसीका अनुसार यो वर्षभित्र नियमित खानेपानीका ७ वटा बिस्तारित खानेपानी सुरक्षा योजना र ३ वटा वडामा अपांगमैत्री विद्यालय शौचालय निर्माण हुने बताए ।

    नगर उपप्रमुख धनकुमारी शाहीले पानी आउनु केबल खानेपानी प्राप्तिको कुरा नभई गाउँको समयको व्यवस्थापनसँग जोडिएको बताइन् । शिक्षाको गुणस्तरसँग, स्वास्थ्यको स्थितिसँग र विशेषगरी महिलाको सम्मानसँग जोडिएको उनले बताइन् । शाहीले भनिन्, ‘वर्षौंदेखि स्थानीयवासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य हुने अवस्थामा पुगेकोमा हामी अत्यन्तै खुसी छौँ । यो योजना निर्माणका लागि सबै जनताको साथ र सहयोग महत्वपूर्ण रह्यो । अब स्वच्छ र सुरक्षित खानेपानी गाउँघरमै उपलब्ध हुने भएकाले स्वास्थ्यमा सुधार आउने विश्वास लिएका छौँ । खानेपानी योजनाको प्रभावकारी कार्यान्वयनमा पनि हामी निरन्तर निगरानी राख्छौँ ।’

    • खानेपानी आठबिसकोट
    मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित
    रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला
    आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?
    आज यी ठाउँमा हुँदै छ भारी वर्षा
    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • २.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    • ५.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ६.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.