आठबिसकोटमा बैशाख १६ गतेदेखि सुरु भएको महोत्सव दुई दिन थपिएको छ । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालजिल्ला कार्यसमिती रुकुम पश्चिमले आयोजना गरेको “आठबिसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव“ दुई दिन थपेर बैशाख२९ गतेसम्म लाग्ने भएको हो
Advertisement
आठबिसकोटस्थित राडीबजारको रगंंशालामा लागिरहेको दोश्रो आठविसकोट पर्यटन, कृषी, व्यापार तथा सांस्कृतिक महोत्सव २ दिनथप भएको हो । गएको बैशाख १६ गते देखि २७ गते सम्म लाग्ने भनिएको महोत्सव २९ गते सम्म लाग्ने भएको छ । आज नेपालीचलचित्रका चर्चित नायक भुवन केसी आउँदैछन ।
महोत्सव स्थलभित्र स्थानीय भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिएको छ । भने पर्यटन र संस्कृति साथै स्थानीयव्यापारलाई समेत प्राथमिकतामा राखेर संञ्चालन हुने महोत्सवमा व्यवसायिक स्टलसमेत राखिएको छ ।