सबैकाे लागि दिगाे खानेपानी ,सरसफाइ तथा स्वच्छता आयाेजना वास ईकाई अन्तर्गत रुकुम पश्चिमको आठबिसकोटमा वास मार्ट स्थापना गरिएको छ । बिहिवार आठबिसकोट नगरपालिका-९ राडीबजार स्थित रहेको राप्ती पब्लिकेशन मल्टिप्रपोज बिजनेश प्रालीमा वास मार्टको स्थापना गरिएको हो।
एक कार्यक्रम विच आठबिसकोटका नगर प्रमुख रवि के सी नगर उप-प्रमुख धनकुमारी शाही निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गाैतम सरसफाइ बजारीकरण अधिकृत बीना बिष्ट, वास सल्लाहकार प्रमाेदलाल श्रेष्ठ , वास ईकाई आठबिसकोट संयोजक नरेन्द्र केसी लगायतको उपस्थितिमा मार्टको स्थापना गरिएको हो ।
उक्त मार्टमा खानेपानी सङ सम्बन्धित फिटिङ टुल्स, सरसफाइ सामग्री , महिनावारी स्वच्छता सामग्री लगायतका अन्य सरसफाइ सम्बन्धी सामग्रीहरु पाईने बताईएको छ । खानेपानी सरसफाइ तथा स्वच्छताका सामग्रीहरुको लागी उक्त मार्ट सञ्चालनमा ल्याईएको बताईएको छ ।