नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्ता पक्षकै सांसद देखि मन्त्री सम्मले तिव्र आलोचना गरेका छन् । सरकारको कुलमान हटाउने निर्णय गलत भएको भन्दै सत्ता पक्षकै सांसदहरुले टिप्पणी गरेका छन् ।
प्राधिकरण को प्रमुख बाट कुलमानलाई हटाएपछि अहिले सबैतिर बहसको विषय बनेको छ । अहिले आम नागरिकमा असन्तुष्टि बढ्दो अवस्थामा रहेको छ । भने सत्तापक्ष बाटै सरकारको तिव्र आलोचना भैरहेको छ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले कुलमान लाई हटाएकोमा आपत्ति जनाउँदै ‘विनाशकाले विपरीत बुद्धि’ प्रतिक्रिया दिएका छन्। त्यस्तै सत्ता पक्षकै गगन थापाले फेशबुकमा लेखेका छन्- आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।
काँग्रेसकै अर्का महामन्त्री विश्व प्रकाशमाले पनि कुलमान घिसिङ्लाई हटाएकोमा सरकार प्रति आक्रोश पोखेका छन् । उनी भन्छन, केही राम्रा प्रयास छायाँमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन ियसप्रती खुला र प्रष्ट रूपमा विमति छ,’– । कुलमानलाई हटाएपछि अहिले सामाजिक सञ्जालमा सरकारको तिव्र रुपमा आलोचना बढेको छ । आम नागरिक देखि सत्ता पक्षकै नेताहरुबाट समेत सरकारको आलोचना भैरहेको छ ।
त्यस्तै सरकारले कुलमान हटाउन गरेको निर्णय प्रतिपक्षबाट आक्रोश व्यक्त गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले कुलमान हटाउने निर्णय गलत र आपत्तिजनक भएको बताएका छन्। रास्वपा सभापति रबि लामिछानेले सरकारको कदम बिरुद्ध बत्ति निभाएर टुक्की बालेर बिरोध जनाएका छन्।