रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको राडिज्युला शिक्षा क्याम्पसमा अखिल (क्रान्तिकारी) ने.क.पा. माओवादी केन्द्र निकट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा दलित समुदायलाई बन्चित गरिएको भन्दै व्यापक आलोचना सुरु भएको छ। समावेशीता र समानताको नारा उठाए पनि नेतृत्व तहमा दलित उम्मेदवारलाई निर्वाचित नगराउने प्रवृत्तिले दलित समुदायका विद्यार्थीहरू असन्तुष्ट बनेका छन्। एजेन्डाका रूपमा मात्रै उपयोग गरिएको भन्दै दलित विधार्थीहरुले आलोचना गरेका हुन्। माओवादी निकट अखिल क्रान्तिकारी का एक विधार्थीले भने दलित बिधार्थीलाई एजेन्डा मात्रै बनायो पार्टीले तर नेतृत्व तहमा भने बहिस्कार नै गर्यो ।
स्ववियु निर्वाचनका क्रममा दलित समुदायका मुद्दाहरूलाई प्राथमिकता दिने भनिए पनि अन्तिम निर्णय लिने क्रममा दलित विद्यार्थीहरूलाई पछि पारिएको देखिन्छ। “हामीलाई केवल प्रचारका लागि उपयोग गरियो, तर नेतृत्वमा पुग्ने अवसरबाट बञ्चित गरियो,” एक दलित विद्यार्थी नेता भन्छन्। दलित लाई मुख्य नेतृत्वमा लिन नखोजिएको एक विधार्थी बताउँछन्।
आठबिसकोटको राडीज्युला क्याम्पस मात्रै नभएर जिल्लाभर नै दलित विधार्थीलाई नेतृत्व तहमा लैजान पार्टी पछि हटेको बुझिएको छ । राजनीतिक दलहरू विभिन्न समयमा समानताको वकालत गरे पनि व्यावहारिक रूपमा दलित समुदायलाई नेतृत्वमा पुग्न अवरोध सिर्जना गर्ने प्रवृत्तिले फेरि एकपटक शैक्षिक तथा विद्यार्थी राजनीतिमा रहेको विभेदलाई उजागर गरिदिएको छ।
दलित विद्यार्थीहरूले नेतृत्व तहमा प्रतिनिधित्व सुनिश्चित गराउन आन्दोलन गर्ने चेतावनी दिएका छन्। “हामी अधिकारका लागि संघर्ष गर्छौं, केवल नारामा सीमित रहँदैनौं,” एक विद्यार्थी नेताको भनाइ छ । स्ववियु निर्वाचनमा विद्यार्थी राजनीतिमा रहेको असमानता र विभेदलाई थप चर्काउने देखिन्छ ।