मोरङमा एउटै डोरीमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
Advertisement
जिल्लाको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगामा एउटै डोरीमा उनीहरू मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै विवाहित हुन् ।
जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन्। उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।