• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • २. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ३. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ४. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ५. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • ६. सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

  • ७. आमा : ममताकी महासागर

  • ८. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

  • ९. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • १०. पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

आठबिसकोट सहकारी : १ करोड ऋण मिनाह गर्न २ जना पाइलटको न्यायिक समितिलाई पत्राचार

"पुरै रकम मिनाहा गर्नुपर्ने अथवा बिना ब्याजको १५ वर्षे किस्ताबन्दी गर्नुपर्ने माग  "

  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ राडी बजार स्थित आठबिसकोट सहकारी बाट ऋण लिएका दुईजना पाइलटले उक्त ऋण मिनाहा गर्न अनुरोध गरेका छन्। सहकारीमा करोडौँ रुपैयाँ हिना भएको घटना बाहिरिए पछि नगरपालिकाले सहकारी छानबिन समिति गठन गरेर समितिले तयार पारेको प्रतिवेदन आठबिसकोट नगरपालिकाको न्यायिक समितिलाई बुझाएको थियो । प्रतिवेदनका आधारमा समितिले सहकारीबाट ऋण लिएको पैसा फिर्ता गर्नु भनेर पत्राचार गरेपछि आठबिसकोट सहकारीको पैसाले पाइलट पढेका आठबिसकोट-५ का ललित भण्डारी र वडा नम्वर १० का गोविन्द केसीले उक्त ऋण मिनाह गर्न अनुरोधपत्र न्यायिक समितिलाई पठाएका छन्।

    Advertisement

    उज्यालोपाटी लाई प्राप्त पत्र अनुसार नगरपालिकाले बनाएको शैक्षिक ऋण प्रदान कार्यविधि २०७५ ले आफुहरुलाई प्रष्ट नपारेरै ऋण दिएको बताएका छन्। ऋण मिनाह पत्रमा लेखिएको छ । नगरपालिका मार्फत सहकारीले उपलब्ध बनाएको ५०/५० लाख रुपैयाँले पाइलट पढ्न नसकिने हुँदा आफन्त, साथिभाई बाट थप ऋण लिएर १ करोड २० लाखमा पाइलट कोर्ष पढेका छौँ । ५० लाख रुपैयाँले गरिब तथा जेहनदार विधार्थीले पाइलट पढ्न नसकिने महसुस भएको उल्लेख गरिएको छ । ऋण लिएर आफुहरुले बिच मै पढाई छोडेपछि घरजग्गा समेत मालपोत कार्यालयमा रोक्का राखेको जनाएका छन्। नगरपालिकाले बनाएको शैक्षिक ऋण प्रदान कार्यविधि २०७५ आफुहरुले नबुझेरै ऋण लिएको पत्रमा प्रष्ट पारिएको छ ।

    पाइलट पढ्दा लिएको सबै मिनाह गर्न दुबैजनाले न्यायिक समितिलाई पत्र पठाएका छन्। गत माघ २३ गते प्राप्त पत्र अनुसार माघ ३० गते न्यायिक समितिलाई उनीहरुले ऋण मिनाह गर्न पठाएको गोप्य पत्र उज्यालोपाटीले फेला पारेको हो । आफुहरुले लिएको सबै ऋण मिनाहा गर्नु पर्ने अथवा १५ वर्षको अवधि राखेर सबै ब्याजदर छुट गरेर सावा मात्रै मासिक किस्ताबन्दीमा तिर्नुपर्ने सर्त सहित पत्राचार गरेका छन्।

    उनीहरुले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स सकाएर पनि जागिर सुरु गरिसके तर नगरपालिकाले उनीहरूलाई दिएको ५०/५० लाख रुपैयाँ भने फिर्ता गरेनन्। २०७५ साल साउन २३ गते नगरपालिकाले शैक्षिक ऋण प्रदान सम्बन्धि कार्यविधि २०७५ बनाएर सहकारी मार्फत दुबैजनालाई ऋण दिएको थियो । कार्यविधि अनुसार कोर्ष पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ । तर उनीहरुले जागिर सुरु गरेको झण्डै एक वर्ष हुनैलाग्दा व्याज समेत संस्थालाई नबुझाएको बताईएको छ ।

    नगरपालिकाले कार्यविधि नै बनाएर अध्ययनका लागि उनीहरुलाई ऋण तथा आर्थिक सहयोग गर्ने कार्यक्रम ल्यायो र नगरपालिकाकै रोहवरमा संस्थाबाट ऋण लिएर जागिर सुरु भएपछि ६ प्रतिशत ब्याज लाग्ने कार्यविधि बनाईयो । अहिले न त ऋण चुक्ता गरे न त कार्यविधि मा उल्लेख भए अनुसार नगरपालिकाले तिनिहरुलाई कारबाही नै गर्यो । यता उक्त रकम चुक्ता नगर्दा सहकारी बन्द अवस्थामा पुगेको र बचतकर्ताको बचत रकम पनि फिर्ता गर्न नसकिएको सहकारी का अध्यक्ष हरि प्रसाद शर्मा बताउँछन्।

    आठबिसकोट नगरपालिकाको शैक्षिक ऋण प्रदान सम्बन्धि कार्यविधि २०७५ अनुसार आठबिसकोट-१० का गोविन्द केसी र वडा नम्वर ५ का ललित भण्डारीले २०७५ साल भदौ १५ गते सम्झौता गरेर ५०/५० लाख रुपैयाँ ऋण लिएर फिलिपिन्स पढ्न गए तर हालसम्म दुबैजनाले ऋण नतिरेको पाईएको छ । उनीहरुलाई शैक्षिक कर्जाका नाममा नगरपालिकाले १ करोड रुपैयाँ सहकारी मार्फत दिएको थियो । शैक्षिक ऋण, घरेलु तथा साना उधम कर्जा, बिपन्न शेयर लगानी गरेर आठबिसकोट नगरपालिकाले १ करोड ७२ लाख रुपैयाँ सहकारीलाई प्रदान गरेको थियो । अहिले सहकारी बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा बन्द अवस्थामा रहेको छ ।

    यस्तो छ पत्र

    • आठबिसकोट नगरपालिका
    • पाइलट अध्ययन
    सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा
    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
    सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    आमा : ममताकी महासागर

    लोकप्रिय

    • १.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • २.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ३.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ४.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • ५.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ६.
      सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

    भर्खरै

    • १.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • २.
      अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

    • ३.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • ४.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ५.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      आमा : ममताकी महासागर

    • ७.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • ८.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.