आठबिसकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –४ खुम्चेरी भन्ने ठाउँमा एक जोडि मृत अवस्थामा फेला परेका छन् नव विवाहित जोडी एउटै कोठाम मृत फेला परेका हुन्। सोही वडाका लोकेन्द्र खड्का र वडा नम्वर ६ की सपना पुन मगर लोकेन्द्रको आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
Advertisement
उनीहरुले चार दिन अघि भागी विवाह गरेका थिए । अहिले घटना स्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भैरहेको जनाईएको छ । दुबैजना १९ वर्षका युवायुवती एउटै कोठामा झुन्डिएको र लोकेन्द्रका आमाबुवा उपचारका लागी नेपालागन्ज गएको बुझिएको छ ।