• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

आठबिसकोट सहकारी : पाईलट पढ्न १ करोड, विपन्न परिवारलाई दिएको ३३ लाख गायब


  •   मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
  • आठबिसकोट । देशभर संकटमा परेका कति सहकारीमा कति बचतकर्ताको कति रकम डुबेको छ भन्ने अध्ययन हुनै बाँकी रहेको अवस्थामा ग्रामीण क्षेत्रका सहकारीको पनि व्यथा त्यस्तै छ । राज्यले गहिरो अनुसन्धान र निर्मम कारबाहीमा इच्छाशक्ति गरे मात्र सर्वसाधारणको बचत फिर्ता हुन सक्छ। तर देशैभरका सहकारीहरुको अवस्थाबारे सरकार नै जानकार नहुँदा सहकारीमा बचतकर्ताको पैसा डुब्ने गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम दर्ता भइ सञ्चालमा आएको आठबिसकोट वचत तथा ऋण सहकारी संस्थामा नगरपालिका र वचतकर्ताको करिब २ करोड रुपैयाँ डुबेको छ ।

    Advertisement

    पाँच करोड पुँजीमा सञ्चालित उक्त संस्था बाट ऋण लिएकाहरुले कर्जा चुक्ता नगरेपछी सहकारी समस्याग्रस्त अवस्थामा पुगेको छ । सहकारीबाट सबैभन्दा बढी ऋण लिएर अहिले सम्म नतिर्नेको सुचिममा दुई जना पाइलट परेका छन्। आठबिसकोट नगरपालिकाको शैक्षिक ऋण प्रदान सम्बन्धि कार्यविधि २०७५ अनुसार आठबिसकोट-१० का गोविन्द केसी र वडा नम्वर ५ का ललित भण्डारीले २०७५ साल भदौ १५ गते सम्झौता गरेर ५०/५० लाख रुपैयाँ ऋण लिएर फिलिपिन्स पढ्न गए तर हालसम्म दुबैजनाले ऋण नतिरेको पाईएको छ । उनीहरुलाई शैक्षिक कर्जाका नाममा नगरपालिकाले १ करोड रुपैयाँ सहकारी मार्फत दिएको थियो । शैक्षिक ऋण, घरेलु तथा साना उधम कर्जा, बिपन्न शेयर लगानी गरेर आठबिसकोट नगरपालिकाले १ करोड ७२ लाख रुपैयाँ सहकारीलाई प्रदान गरेको थियो ।

    नगरपालिकाले उपलब्ध गराएको पैसा सहकारीले व्यक्ति तथा उधोगलाई ऋण दियो । अहिले कर्जा असुल गर्न नसक्दा सहकारी बन्द अवस्थामा छ । आठबिसकोट सहकारीमा समस्या देखिएपछि गत असोजमा देव बहादुर घर्तीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति बन्यो । उक्त समितिले आइतवार प्रतिवेदन सार्वजनिक गरेको छ । सहकारी बाट ऋण लिएर फिर्ता नगर्ने उधोग तथा व्यक्ति गरेर ३६ जनाले तत्कालै लिएको रकम साँवा र व्याज सहित फिर्ता गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सबैभन्दा बढी ऋण लिने गोबिन्द केसी र ललित भण्डारी रहेका छन्। उनीहरुले पाइलट अध्ययनका लागि ५०/५० लाख लिएका छन्। भने अन्य व्यक्ति तथा उधोगले पनी ऋण लिएर चुक्त्ता गरेका छैनन्।

    आठबिसकोट नगरपालिकाको १ करोड ७२ लाख

    उक्त सहकारीमा आठबिसकोट नगरपालिकाको मात्रै १ करोड ७२ लाख रुपैयाँ डुबेको छ । पालिकाबाट शैक्षिक कर्जाको लागि लिएको एक करोड रुपियाँ, घरेलु तथा साना उद्योगका लागि ३८ लाख ४० हजार र विपन्न नागरिकको शेयर लगानीको लागि लिएको ३३ लाख ६५ हजार रुपियाँ फिर्ता गर्न नसकेको समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाले सहकारीमा ६७३ जना विपन्न नागरिकको शेयर खरिदका लागि उक्त रकम दिएको थियो । सहकारीले एक व्यक्तिलाई पाँच हजारका दरले ५० कित्ता शेयर दिनेगरी उक्त कर्जा लिएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै बचतकर्ताको झण्डै ५ लाख रुपैयाँ सहकारीले फिर्ता गर्न सकेको छैन्। १७९ जनाले दैनिक, मासिक रुपमा वचत गरेको ब्याज बाहेक ४ लाख ७८ हजार रकम सहकारीले फिर्ता गर्नुपर्ने छ । सहकारीमा समस्या देखिएको तथ्य बाहिरिएपछि सहकारीबाट कर्जा लिएका केही व्यक्तिले रकम फिर्ता गरेको बुझिएको छ । सहकारीमा सर्वसाधारणको बचत अपचलनबारे छानबिनका लागि गठन भएको सहकारी छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकहरुको लापरवाही भएको उल्लेख गरिएको छ ।

    विपन्न परिवारका लागि लिएको ३३ लाख दुरुपयोग

    विपन्न नागरिकका लागि लिएको कर्जा व्यक्ति र उधोगलाई दिइएको बुझिएको छ । गरिव विपन्न परिवारका लागि लिएको शेयर लगानीको नाममा ३३ लाख ६५ हजार रुपियाँ दुरुपयोग भएको पाइएको छ । विपन्न नागरिकका लागि पालिकाबाट ल्याईएको उक्त रकम आठबिसकोट १२ मा रहेको कर्णाली वेभरेज दल बहादुर शाह अध्यक्ष लाई दिएको पाइएको छ । उक्त रकम विपन्न परिवारका एक व्यक्तिलाई पाँच हजारका दरले ५० कित्ता शेयर दिनेगरी नगरपालिकाले दिएको थियो ।

    के भन्छन बचतकर्ता?

    मासिक रुपमा बचत गर्दै आएकी बचतकर्ता आठबिसकोट-१३ की आशा पुन विसी भन्छिन, छोराछोरीको पढाईका लागि बचत गरेको थिए । अब १६ हजार रुपैयाँ सहकारीमा रहेको छ । दुई तिन वर्ष भयो पैसा फिर्ता मागेको तर सहकारीले आनाकानी गरेर दिएको छैन्। अर्का बचतकर्ता कमला यरीको पनी पिडा उस्तै छ । उनले सहकारीबाट ११ हजार रुपैयाँ लिनुपर्नेछ । उनीहरु जस्तै झण्डै २ सय बचतकर्ताको साढे ४ लाख रुपैयाँ संस्थाले फिर्ता गर्न सकेको छैन्। छानबिन समितिले उक्त पैसाको व्याज सहित असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । आफूले दु:ख गरेर कमाएको र खाइनखाई सहकारीमा जम्मा गरेको पैसा डुबेपछि सयौँ बचतकर्ताको भोक-निद्रा बिथोलिएको छ।

    बचत फिर्ता हुन्छ?

    सहकारी ऐन २०७४ अनुसार कालोसूची सम्वन्धी व्यवस्था गरिएको सहकारीको ऋण नतिर्ने कालोसूचीमा पर्ने भनिएको छ । सहकारी बाट ऋण नतिरे कुनै पनि सहकारीको कालोसूचीमा परेकाले अर्को सहकारी संस्थाबाट ऋण लिन पाउने छैनन्। त्यस्तै बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेकाले सहकारीबाट ऋण पाउने छैनन् भने सहकारीको कालोसूचीमा परेकाले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने छैनन्।

    सहकारीका अध्यक्ष हरि प्रसाद शर्मा भन्छन, छानबिन समितिले तयार पारेको प्रतिवेदन अब न्यायिक समितिमा गएको छ । समितिले चित्तबुझ्दो छानबीन नगरे कानुनी प्रक्रियाबाट अगाडी बढ्ने बताए । बचतकर्ताको रकम फिर्ताको सन्दर्भमा उनले भने, केहि व्यक्तिले लिएको ऋण तिर्नुभएको छ । अब झण्डै २ करोड रुपैयाँ हामीले असुल गर्नुपर्ने छ । उहाँहरुलाई धेरै पटक पत्राचार गरेका छौँ । कर्जा लिएका केही व्यक्ति तथा उधोगहरुले धितो राख्नु भएको छ । धितो लिमाम गरेर भएपनी बचतकर्ताको पैसा फिर्ता हुन्छ । कतिपय सहकारीहरूको सम्पत्तिबाटै बचतकर्ताहरूको रकम फिर्ता हुने अवस्था भए पनि लिलामीको प्रक्रिया लामो हुने भएका कारण प्रक्रिया पूरा गरेर उनीहरूलाई रकम फिर्ता लिन लामो समय लाग्ने छानविन समितिका अध्यक्ष घर्ती बताउँछन ।

    ऋण लिएर नतिर्नेहरु को नामावली


    • आठबिसकोट सहकारी
    मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    आज फेरी बढ्यो सुनको मूल्य
    खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?
    घट्यो पेट्रोलको मूल्य
    रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन
    रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • २.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ३.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ४.
      घट्यो पेट्रोलको मूल्य

    • ५.
      रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

    • ६.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ७.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ८.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.