मुसिकोट । रुकुम पश्चिम को मुसिकोट नगरपालिका ७ साँख मा एकजना मृत फेला परेका छन । साँखको पाखागाँउ भन्ने ठाउँमा ४७ वर्षीय तुल्सीराम घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठक ले जानकारी दिए ।
Advertisement
उनका अनुसार घर्ती गोठ नजिकैको कुलोमा मृत अवस्थामा फेला परेका हुन्। उनी शुक्रबार बेलुका गोठमा घाँस हाल्न भनेर गएका तर घर नफर्केपछी खोजतलास गर्दा मृत भेटिएको जनाईएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।