• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, जेठ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

आज यी ठाउँमा हुने छ वर्षा

झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज एकै दिन १० हजार घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • २. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • ३. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आज सुनको मूल्य घट्यो

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. रुकुम पश्चिममा बम फेला

बाढीबाट बचेकुचेका सरसमानको व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • ललितपुर । शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खु खोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवासय अस्तव्यस्थ छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसमान बगाएको छ ।

    Advertisement

    शनिबार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरू बाढीबाट जोगिएका तर निथ्रक्क भिजेका सरसमानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको छ । मोटरसाइकल, गाडीलगायत धेरै सामग्री बगाएको कपितय बाढीपीडितको भनाइ छ ।

    बाढीले आफ्ना ६ वटा बंगुर र ७० हाँस तथा लोकल कुखुरा बगाएको ललितपुर महानगरपालिका–१८ नख्खु पुल छेउमा बस्दै आएकी रेणुका लिम्बूले बताइन् । उनले भनिन्, ‘शुक्रबार राति १२ बजे कोठाभित्र पानी पसेको थियो, पानी पस्ने बित्तिकै सामान अर्को ठाउँमा सार्दै थियौँ, सामान सार्दासार्दै खोला बढ्दै गएर बिहान ७ बजेसम्म सबै बगायो, हाम्रो मात्र होइन, अरूको पनि धेरै क्षति भएको छ ।’

    ललितपुर महानगरपालिका–१४ नख्खु डोल र ललितपुर वडा नं २५ भैँसेपाटी जोड्ने पुलमा बाढीले क्षति पुर्याएपछि अहिले आवतजावतमा रोक लगाइएको छ । नख्खु डोल पुल छेउमा बसोबास गर्नेको अस्थायी टहरा सबै बगाएको छ । खोलाले डुबाएको सरसमान व्यवस्थापनका लागि आफन्तको सहायता लिएर जुटेका छन् ।

    करिब रु १३ लाख लगानी रहेको नर्सरी र अस्थायी टहरमा रहेको सबै सरसमान बगाएको स्थानीय रोम रानाको भनाइ छ । उनले भने, ‘समाचारका अनुसार बाढी आउलाकी भनेर हामी सचेत त थियौँ, तर तत्काल सरसमान अर्को ठाउँमा सार्ने अवस्था भएन, जब राति कोठामा पानी पस्यो त्यसपछि महत्वपूर्ण कागजपत्र निकाल्न भ्यायौँ, अरु सबै बाढीले बगायो, अब के खाने र कहाँ बस्ने भन्ने चिन्ता छ, तत्कालका लागि त आफन्तकहाँ बसेका छौँ ।’

    त्यसैगरी नख्खु डोलमा पाँच वटा पसल बगाएको छ । अस्थायी टहरामा सञ्चालित पसल पूर्ण रूपमा बगाएकाले कति क्षति भएको छ भन्ने एकीन गर्न नसकिएको स्थानीय बताउँछन् । दुःखले जोडेको सबै सामान बगाएकोमा बाढीपीडित नारायण सुनुवार हाल निकै चिन्तामा छन् ।

    ‘म मजदुरी गरेर जीविका चलाउने मान्छे हुँ, काम गरी खाने सबै सामग्रीसमेत बगाएको छ, अब कहाँ बस्ने, के खाने भन्ने चिन्ता छ, अहिलेसम्म कतैबा राहतको व्यवस्था भएको छैन, ज्यान जोगिए पनि लत्ताकपडा र अत्यावश्यक सबै समान बगाएको छ’, उनले भने ।

    नख्खु खोलाले क्षति पुर्याएको ठाउँमा तत्काल विद्युत्, पानी र बाटोको व्यवस्थापनमा जुट्ने ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, ‘नख्खु खोलाले क्षति पुर्याएकोमा हामी निकै दुःखी छौँ, हाम्रो वडामा अवरोध भएको बाटो, विद्यत् र खानेपानी आपूर्ति व्यवस्थापनलाई पहिलो प्राथामिकता दिएर व्यवस्थापनमा लागिरहेका छौँ ।’

    • बाढी
    • ललितपुर
    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
    फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै
    आज यी ठाउँमा हुने छ वर्षा
    झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    लोकप्रिय

    • १.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • २.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • ३.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ३.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    • ४.
      फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

    • ५.
      आज यी ठाउँमा हुने छ वर्षा

    • ६.
      झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    • ७.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ८.
      रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.