सरकार राजधानीमै बसेर
के गर्दैछ कता हेर्दै छ ?
राजधानी मा बसेर
राजधानी नदेख्ने अन्धो सरकार !
केही दिनपछी हेलिकोप्टरबाट पनि हेर्नेछ,
फर्केर नेपाल आईपुगेपछी !
बाढीमा बगेकाहरू र पहिरोमा पुरिएकाहरू देखेर
उसको चित्त खै दुख्छ दुख्दैन
एकैछनी भयपनी नाटक गर्ने छ ।
मिडियाको अगाडि नक्कलीआँशु‘ धरधरी झार्नेछ
अनि मिठो स्वरमा भन्ने छन राहत जताततै
पठाउछौं नरम शैलीमा मिठो बोलीमा यही भन्नेछ
वक्तव्य निकालेर
‘सरकार त जोडतोडका साथ काम गरिरहेको छ,!
हे! जोखिममा रहेकाहरु हो! आफ्नो ज्यान आफैँ जोगाउनू,
पहिरो र बाढीबाट बच्नू।
सरकार रमिता हरेरीएको छ ।
नसक्ने तमासेहरू मोबाइलमा औँला थिच्चीरहेका छन्
पानीले ढाकेको जमिन, बाढीले बगाएका घर र मान्छे
अनि पहिरोले पुरेका गाडी र खेत
हेरेर आनन्द लिइरहेको छ सरकार
मानौं कुनै पर्दाभित्रको फिल्मको दृष्यझै सम्झेर रमाइरहेको छ
केहीदीनपछी प्रधानमंत्रीको सनक चल्नेछ
र राहतको पोको बनाउनेछन्
बचेखुचेका घरहरूमा पुग्नेछन् ।
बाढीले ज्यूँदो छोडेका आत्माहरुमा लागेको
खाटो बस्न आँटेको घाउ बल्झाउनेछन्
‘हजुरहरु लाई कस्तो आपत् परे सरकार छ नी ! !