गोरखा । आज देखि हुने नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनमा गोरखाका इन्जिनियर दिपक बाबु कंडेलले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यस अघि गोरखाको पालुङटार नगरपालिकाको नगर प्रमुख समेत भैसकेका कडेलले नेपाली काँग्रेस गण्डकी प्रदेश सभा सदस्य पदको प्रत्यक्ष तर्फ गोरखा क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्य पदमा दाबी गरेका थिए ।
विधार्थी राजनीति बाट उदाएका कडेलले अघिल्लो महाधिवेशनमा पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका थिए । केन्द्रिय सदस्यका लागि
आन्तरिक तयारी गरिरहेको उनले बताए । उनले भने,अब केन्द्रिय सदस्यमा उम्मेदवारी दिने सोच बनाएको छु ,,। आफुले केन्द्रिय सदस्य पदको उम्मेद्बारी दिदै गर्दा पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने र देश र जनताको निम्ति काम गर्ने कडेलले विश्वास व्यक्त गरेका छन ।
पदको लागी भन्दा पनि परिवर्तनको लागी लड्ने कडेलले केन्द्रिय सदस्य पदको उम्मेदवारी दिने कुराले चर्चा बटुल्दै छ। सबल उम्मेदवार सफल राजनीतिक पात्रका रुपमा चिनिने कडेल नेपाली काँग्रेसलाई बलियो बनाउन र सङ्गठन मजबुत बनाउनमा आफ्नो ध्यान केन्द्रित भएको बताउँछन् । उनले भने,, साढे तीन दशक लामो राजनीतिक यात्रा र सोहि क्रममा भोग्नुपरेको संघर्ष ,आन्दोलनको अनुभव लाई समेटेर आफूलाई केन्द्रिय सदस्यमा प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको आधारमा मेरो यो उम्मेदवारी रहनेछ । मैले उम्मेदवारी प्रस्तुत गर्दै गर्दा चूस्त उद्यमशील काङ्ग्रेसको परिकल्पना,सहित उर्जासील काङ्ग्रेसको कार्ययोजना समेतलाई केन्द्रविन्दुमा राखेको छु।,,
यस्तो छ कडेलको राजनीतिक यात्रा ।
बि. स. २०४४ सालदेखि राजनीतिमा सक्रिय कडेंल २०७४ सालमा निर्वाचित गोरखाको पर्यटकीय क्षेत्र पालुङटार नगरपालिकाको नगर प्रमुख थिए । लामो समय देखी इन्जिनियर पेशामा रहेका कडेल बिगत ३२ वर्षदेखि राजनीतिमा सक्रिय छन् ।

इन्जिनियरिङ एसोसिएसनको सदस्य हुँदै प्रजातान्त्रिक इन्जिनियरहरुको स्थापक सदस्य ,नेबिसंघ जिल्ला कार्यसमिति सदस्य , र २० वर्ष इन्जिनियरिङ एसोसिएसनमा राजनीतिक जीवन बिताएका कडेलले आन्तरिक द्वन्द्वका कारण इन्जिनियरिङ एसोसिएसनको उप- महासचिवमा भने हार बेहोर्नुपरेको थियो । तत्कालीन माओवादीकेन्द्र को गढी मानिने गोरखा जिल्लामा उनले कांग्रेसको झण्डा फर्फराउन ठुलो योगदान पुर्याएका छन् ।
नारायण काजी श्रेष्ठ ,बाबुराम भट्टराई जस्ता अब्बल कम्युनिष्ट नेताहरुको क्षेत्रमा उनले काँग्रेस भित्रको सघर्षका कारण विजय सुरुवात गरेका हुन् । गण्डकी र गोर्खाली बासिका लागि एक सक्षम नेतृत्वका रुपमा रहेका ऊनले नेपाली काँग्रेसको लागी पनि उत्तिकै त्याग गरेको पाइन्छ ।
तत्कालीन माओवादीको गढी मानिने गोरखामा । यहाँ काँग्रेस कमजोर हुनु हुँदैन भन्ने मान्यताले स्थानीय तहको निर्वाचनमा कडेलले आफ्नो उम्मेदवार घोषणा गरेर जीत पनि हातपारेका थिए । हरेक वडा देखि पालिका र जिल्ला सम्ममा काँग्रेसलाई कसरी मजबुत बनाउने भन्ने अभियान संगै उनि लामो समय देखी सामाजिक क्षेत्रमा सक्रिय छन् । १४–१५वर्षको किशोर अवस्था देखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब ३२ वर्ष सक्रियतापूर्वक बिताइरहेका कडेलले लोकतन्त्रको पक्षमा विगतका संघर्षपूर्ण कठिन दिनमा लामो शृंखला अनुभव गरेका छन् ।
निष्ठा ,इमानदारीता र बिचारको राजनीतिमा अढिक कडेलको विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवलाई उच्च मुल्यांकन गर्दै पार्टीले नेपाली कांग्रेसको गण्डकीमा प्रदेश सभा सदस्य पदमा एक्लो उम्मेदवार बनाउन कदमपहली गर्नुपर्ने देखिन्छ । समग्र रुपमा पार्टी नेतृत्व लाई सुदृढीकरण गर्दै जनताको हितको निम्ति काम गरेर कम्युनिस्टको गढ रहेको जिल्लामा नेपाली काङ्ग्रेस पार्टीलाई पहिलो पार्टीको रुपमा स्थापित बनाउन सफल भएका कडेलले काँग्रेस लाई बलियो खम्बाका रुपमा पालुङटार नगरपालिका र गोरखा जिल्लामा स्थापित बनाउन सफल भएका छन ।
२०७४ सालको स्थानिय तह निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट पालुङटार नगरपालिकाको मेयर भइ आफ्नो कार्यकालमा पालुङटारको बिकासको निम्ति ठुलो योगदान र समृद्ध पालुङटार बनाउनमा सफल नेतृत्वदायी भुमिका निर्वाह गरेका कंडेल सफल राजनिती पात्र र बुद्धिजीवी भित्रको बिकासको परिकल्पना गरेर कार्यन्वयनमा ल्याउन सक्ने खुबी भएका ब्यतित्व भित्र पर्दछन ।
मेयर हुँदै गर्दा आफ्नो कार्यकालमा भुकम्पले क्षतिग्रस्त पालुङटार नगरपालिकामा निजि आवासको काम करिब ७९ प्रतिशत सम्पन्न र भुमिहिन सुकुम्बासीको हकमा सुरक्षित आवाश निर्माण , नगरपालिकाको प्रशासकीय भवन निर्माण गरि सेवाग्राहीलाई आफ्नै भवनबाट सेवा दिने कार्य र सबै वडा कार्यालय निर्माण गरेर आफ्नै भवनबाट सेवा सुचारु, बाटो खानेपानी , शिक्षा स्वास्थ्यमा पनि आफुले महत्त्वपूर्ण बिकास र परिवर्तन गरेको र जनताको सेवाको र बिकासको निम्ति आफू सधै भरी लागेर आफुलाइ एउटा सरल सफल र सक्षम नेतृत्वदायी भुमिका निभाउने कडेलको प्रतिबद्धता छ ।