रुकुम पश्चिम । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आठबिसकोट नगर कार्यसमितिको तेस्रो अधिवेशनबाट युवा नेता लालबहादुर भण्डारी नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। युवाहरु माझ लोकप्रिय मानिने भण्डारी राजनीतिक सँगै समाजसेवामा पनि सक्रिय रहेका छन् ।
अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरिएको हो। युवा पुस्तामाझ लोकप्रिय मानिने भण्डारीले संगठनलाई थप सुदृढ गर्दै पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा लैजाने अपेक्षा गरिएको छ। आठबिसकोट ५ गोतामकोटका स्थायी बासिन्दा भण्डारी युवा पुस्तामाझ लोकप्रिय र संगठनप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमता र कार्यकर्तामाझको समन्वयकारी भूमिकाका कारण उनलाई नगर सभापतिको जिम्मेवारीमा सर्वसम्मत चयन गरिएको हो।
नव निर्वाचित नगर सभापति भण्डारी सहित सम्पूर्ण नगर कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई ज्ञापन गरिएको छ।
भण्डारीको नेतृत्वमा आठबिसकोट नगर क्षेत्रमा नेपाली कांग्रेसको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।