• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

रास्वपा सांसद सुनारले शिक्षकलाई ‘भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना , कारबाही गर्न माग


  •   शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खगेन्द्र सुनारले शिक्षकहरूविरुद्ध दिएको एउटा अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ। शिक्षकहरूको अपमान हुने गरी बोलेको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि उनको आलोचना भएको हो।

    Advertisement

    सुनारले शिक्षकलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्ने अभिव्यक्ति दिएका छन्। उनले भिडियोमा भनेका छन्, ‘त्यो मास्टरले हिजो हामीलाई पढाउने बेलामा जसरी कन्सिरीको रौँ तानेर टाउको ट्वाक्क डस्टरले हान्थ्यो नि, त्यसलाई उत्तानो पारेर त्यसको पैतालामा भाटा हान्नुपर्छ।’

    सुनारले शिक्षकलाई पढाइ नपुगेको र आफू पनि शिक्षा संकायको विद्यार्थी तथा शिक्षक भएको बताएका छन्। उनले भनेका छन्, ‘त्यो मास्टरलाई पढाइ नपुगेको हो। मैले पनि शिक्षा संकाय पढेको हुँ। पढाउने कसरी हो र शिक्षण विधि के हो भन्ने कुरा म पनि टिचर हुनुको नाताले मलाई पनि थाहा छ। त्यसैले गर्दा जसरी हामीलाई डस्टरले टाउकाँ ट्वाक्क हान्थ्यो, त्यसलाई पनि ठाडो खुट्टा पारेर भाटा हान्न तयार हुनुपर्छ।’

    नवनिर्वाचित सांसदको यस्तो अभिव्यक्तिलाई लिएर नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।

    ‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित एकजना माननीय सांसदबाट शिक्षक र शिक्षण पेसाप्रति अभिव्यक्त अमर्यादित शब्द र आशयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

    महासंघले सुनारको नाम उल्लेख नगरी पदीय गरिमालाई बिर्सेर गरिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ। साथै महासंघले उक्त अभिव्यक्तिप्रति क्षमा माग्न र आइन्दा यस्ता विचार व्यक्त नगर्न सम्बन्धित व्यक्तिलाई सचेत गराएको छ।

    ‘नेपाली शिक्षक-कर्मचारी पेसागत मर्यादा र स्वभिमानविपरीतका कुनै पनि अभिव्यक्ति र व्यवहार महासंघलाई ग्राह्य हुन सक्दैन’, महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    यसैगरी नेपाल शिक्षक संघले पनि सांसद सुनारको अभिव्यक्तिको कडा निन्दा गरेको छ। संघका महासचिव ज्ञानेन्द्रबहाुदर रावलले विज्ञप्ति जारी गरी सांसद सुनारबाट शिक्षक र समग्र शिक्षा क्षेत्रको अपमान हुने गरी दिएको अभिव्यक्तिले नेपाल शिक्षक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। ‘मुलुक निर्माणका लागि आवश्यक कानुन निर्माणको स्थानमा पुगेको जिम्मेवार व्यक्तिबाट यस्ता पदिय जिम्मेवारी र आचरणविरुद्धका अभिव्यक्ति आउनु अत्यन्त दुखद र खेदजनक छ’, विज्ञप्तिमा उल्लेख छ।

    उक्त अभिव्यक्तिप्रति रोषपूर्ण खेद व्यक्त गर्दै तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिइ माफी माग्न र अब आइन्दा यस्तो अभिव्यक्तिहरु व्यक्त नगर्न सचेत गराउन
    संघले सांसद सुनारलाई आग्रह गरेको छ।

    नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिले शिक्षकजस्तो सम्मानित पेसालाई लक्षित गरी गरिएका यस्ता असंयमित र असंवेदनशील अभिव्यक्तिले समाजमा शिक्षण पेसाको गरिमामाथि पनि अनावश्यक प्रश्न खडा गर्ने कार्य गर्ने स्पष्ट पारेको छ। संगठनका अध्यक्ष हंसबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा शिक्षक समुदायको मर्यादा र सम्मानमाथि आघात पुग्ने कुनै पनि अभिव्यक्ति, व्यवहार वा दृष्टिकोण कसैलाई पनि कदापि स्वीकार्य हुन नसक्ने उल्लेख छ।

    संगठनले सार्वजनिक पदमा आसीन व्यक्तिले आफ्नो पदको गरिमा, उत्तरदायित्व र सामाजिक मर्यादालाई आत्मसात् गरी बोल्न आग्रह गरेको छ।

    ‘सम्बन्धित माननीय व्यक्तिलाई आफ्नो उक्त अभिव्यक्तिप्रति सार्वजनिक रूपमा आत्मसमीक्षा गर्दै क्षमायाचना गर्न तथा भविष्यमा यस्ता असंयमित, अपमानजनक र गैरजिम्मेवार अभिव्यक्ति नदिन सचेत रहन यस विज्ञप्तिमार्फत हार्दिक तर दृढ आग्रह गर्दछौँ’, शाहीले भनेका छन। शिक्षक समुदायको मर्यादा र सम्मानमाथि आघात पुग्ने कुनै पनि अभिव्यक्ति, व्यवहार वा दृष्टिकोण कसैलाई पनि कदापि स्वीकार्य हुन नसक्ने संगठनको ठहर छ।

    सार्वजनिक भिडियोमा दिएको अभिव्यक्ति कहिलेको हो भन्ने खुलेको छैन। सुनार बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित भएका हुन्।

    शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.